काठमाडौं । आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘क्लासिक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दिनेश राउतको निर्देशन रहेको यो फिल्म आउँदो २९ माघमा रिलिज हुने निर्माण संस्थाको जनाएको छ ।
दृष्टिबिहीन प्रेमीप्रेमिकाको कथा भन्ने यस फिल्ममा आफुले मेहनत गरेको बताउँदै नायक आर्यनले मेहनतको फल चाख्न आतुर रहेको प्रतिक्रिया दिए ।
त्यसो त निर्देशक राउतले पनि अघिल्लो फिल्म ‘नोभेम्बर रेन’ भन्दा क्लासिक राम्रो बनेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4