सलमान खान
१० पुस, भैरहवा । तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीले मधेस आन्दोलनको मुख्य अपराधी कांग्रेस भएको बताएका छन् ।
शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा नेता त्रिपाठीले भने-कांग्रैस नै तराई मधेसका जनताको मुख्य अपराधी हो । त्यसपछि एमाले र एमाओवादी सहायक अपराधी हुन् ।’ उनले यसबारे थप टिप्पणी गर्न मानेनन् ।
मधेसी मोर्चाका तेता त्रिपाठीले मधेस आन्दोलन विना उपलब्धी असफल भएका राष्ट्रिय एकतामा आाच आउने दाबी गरे । ‘अहिले मधेसमा जारी आन्दोलन असफल भयो भने राष्ट्रिय एकतामा आँच आउनेछ । साम्प्रदायिकता बढ्नेछ’ उनले भने, जनतामा शान्तिपूर्ण आन्दोलनप्रति विश्वास घट्नेछ र पृथकतावादी सोचको विकास हुन्छ ।’
पूर्वमन्त्री समेत रहेको त्रिपाठीले संघीयतालाई धरापमा पार्ने गरी सरकारकै केही मन्त्री लागिरहेको समेत बताए । उनले भने, संघीयता जोखिममा पर्यो भने सिंगो राष्ट्र नै संकटमा पर्नेछ ।’
उनले सीमाकंन नटुंगिएसम्म आन्दोलन नरोकिने समेत स्पष्ट पारे । मधेसी मोर्चाका नेता त्रिपाठीले सरकारले सुरु गरेको प्रक्रिया स्वागत योग्य रहेपनि प्रक्रियाको अन्तरवस्तुमा समस्या रहेको बताए ।
प्रतिक्रिया 4