+
+

भिडियोमा हेर्नोस् त मधेसबाट काठमाडौंमा माग्न आएकी तीन वर्षीया वालिका कसो गर्दैछिन् !

१७ पुस, काठमाडौं । न्यूरोड गेटको पश्चिमतर्फ मधेसी मूलकी एक महिला काखमा सानो बच्चा च्यापेर माग्न बसेकी छिन् । उनीभन्दा अलिकति पर एक दूधे बालिका एउटा प्लास्टिकको बट्टा थापेर माग्न बसेकी छन् । बाटो हिँड्नेहरुलाई थाहा छैन, करिब १०० मिटरको दुरीमा माग्न बसेका यी दुई पात्रहरु आमा-छोरी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते १०:२४

Sahida Sarlahi2

श्रीधर पाैडेल

१७ पुस, काठमाडौं । न्यूरोड गेटको पश्चिमतर्फ मधेसी मूलकी एक महिला काखमा सानो बच्चा च्यापेर माग्न बसेकी छिन् । उनीभन्दा अलिकति पर एक दूधे बालिका एउटा प्लास्टिकको बट्टा थापेर माग्न बसेकी छन् । बाटो हिँड्नेहरुलाई थाहा छैन, करिब १०० मिटरको दुरीमा माग्न बसेका यी दुई पात्रहरु आमा-छोरी हुन् ।

३०-३२ वर्षकी देखिने उनकी आमा सर्लाहीको मलंगवाबाट पाँच महिनाअघि काठमाडौं आइन् । उनी काठमाडौं आउनुको उद्देश्य थियो, धेरैभन्दा धेरै माग्नु । नभन्दै यहाँ उनलाई निकै फलिपाप भएको छ । उनी आफ्नी कलिली छोरीलाई व्यस्त सडकमा एक्लै राखिदिन्छिन् ता कि बटुवाहरुले भावुक बनेर पैसा निकालुन् ।

भिडियो हेर्नुहोस्

अविधाकी तीन वर्षीया छोरी माग्नमा पारंगत बनिसकेकी छिन् । माग्ने भाँडो टाउकोमा टोपी झैं भिरेर उनी आमाबाट छुट्टिन्छन् । सडकको पेटीमा पैदलयात्रुहरु ओहोरदोहोर गरिरहेको ठाउँमा थचक्क बस्छिन्, पलेटी कस्छिन् र भाँडो थाप्छिन् ।

एउटी अवोध बालिका सडकमा जाडोको कुनै पर्वाह नगरिकन व्यस्त सडकमा एक्लै माग्न बसेको देख्दा धेरै मानिसहरुको मन पग्लिन्छ । उनीहरुमध्ये कोही ‘कठै’ भन्दै बाटो लाग्छन् त कोही खल्तीबाट मुद्रा निकालेर बच्चीको भाँडोमा हालिदिन्छन् । उनलाई वास्ता नगरी आफ्नो बाटो हिँड्नेहरु पनि थुप्रै हुन्छन् । करिब एक घन्टाको अवलोकनमा विशेषगरी महिला तथा युवतीहरुको ध्यान बालिकाप्रति बढी आकृष्ट भएको पाइयो । पुरुषहरुले महिलाको तुलनामा कमै सहानुभूति जनाए ।

Sahida Sarlahi

बालिका अलिकति पैसा जम्मा भएपछि पट्याएर हातमा लिन्छिन् । पैसा नचिने पनि गनेझैं गर्छिन् । अनि फटाफट आमा भएतिर फर्किन्छिन् । आमा सहिदा छोरीले ‘कमाएको’ पैसा गर्वसाथ समातेर झोलामा थन्क्याउँछिन् र अनुहार उज्यालो पार्छिन् ।

‘सानी छोरीलाई किन माग्न लगाउनुभएको ?’ भनेर सोध्दा उनले मुन्टो बटारिन् । तर, आफू मलंगवाबाट माग्नकै लागि काठमाडौं आएको उनले सहर्ष स्वीकारिन् ।

‘घरको स्थिति राम्रो छैन,’ सहिदाले भनिन्, ‘उता माग्दा धेरै उठ्दैन, त्यसैले काठमाडौंमा राम्रो हुन्छ भनेर आएको ।’
‘तपाईंका श्रीमानले के गर्नुहुन्छ त ?’ यो प्रश्नमा उनले फेरि मुन्टो बटारिन् ।

‘छोराछोरीलाई पढाउने मन छैन ?’
‘मन त छ नि । तर, मैले मात्रै मागेर खान पुग्दैन ।’
‘कसैले पढादिन्छु भन्यो भने छोरी दिनुहुन्छ ?’
‘खुशी भएर दिन्छु ।’
Sahida Sarlahi3
सहिदाले आफू बाग्मती पुलपारीको सुकुम्बासी टोलमा बस्दै आएको बताइन् । उनका तीन सन्तान छन् । सबैभन्दा सानो १४ महिनाका छोरालाई उनले माग्न बस्दा आफ्नै काखमा च्यापेकी हुन्छिन् । बच्चाको दिशा-पिसाब त्यहीँ गराउँछिन् ।

अनि, ठूली छोरी खोइ त ?
‘अर्को ठाउँमा माग्न बसेकी छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?