+
+

आगो ताप्ने क्रममा गुल्मीमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ९:२६

१७ पुस, गुल्मी । गुल्मीको शान्तिपुरमा आगो ताप्ने क्रममा जलेर बिहीबार बेलुकी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विशुखर्क–१ बजेनी निवासी ३६ वर्षीय झकबहादुर सार्की रहेका छन् ।

शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका उनी मदिरा सेवन गरेर घरमै बसेर आगो ताप्दै गर्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ । खाना खाएर सार्कीकी श्रीमती र छोरी नजिकैको होटेलमा टेलिभिजन हेर्न गएको अवस्थामा सार्की घरमै आगो ताप्दै बसेको बताइएको छ ।

आगोले झकबहादुरको शरीर पहिचान गर्न नसक्ने गरी पूरै जलेको छ । आगलागी कसरी भयो भन्ने बारेमा अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?