+
+

यसरी मनाइयो तेस्रो अन्तराष्ट्रिय नेपाली टोपी दिवस (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते १८:२३

Topi Diwas (1)१७ पुस, काठमाडौं । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर शुक्रबार बिहान माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर अन्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको समूह माइतीघरमा भेला भएका थिए । भेलामा सहभागी हुनेहरुले सकभर नेपाली पोशाक, नभएपनि नेपाली टोपी अनिवार्य लगाउनुपर्ने सर्त राखिएको थियो ।

Topi Diwas (12)

भेलामा सहभागी युवाहरुले ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाड बोकेका थिए ।

युवाहरुले अंग्रेजी नयाँ वर्षको दिनमा नेपाली पोशाक लगाउनुपर्ने अभियान सञ्चालन गर्दै आएका छन् । सोही समूहले गत वर्ष पनि टोपी दिवस मनाएको थियो ।

Topi Diwas (2)

Topi Diwas (3)

Topi Diwas (4)

Topi Diwas (5)

Topi Diwas (6)

Topi Diwas (7)

Topi Diwas (8)

Topi Diwas (9)

Topi Diwas (10)

Topi Diwas (11)

Topi Diwas (13)

Topi Diwas (14)

Topi Diwas (15)

Topi Diwas (16)

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?