+
+

राजधानीमा नवीकरणीय उर्जा प्रविधिको प्रदर्शनी सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १७ गते ११:२४

Solar Pannel१७ पुस, काठमाडौं । शुक्रबारदेखि राजधानीमा नवीकरणीय उर्जाका प्रविधि र सामग्रीहरुको प्रदर्शनी हुने भएको छ ।

मुलुकले चरम उर्जा संकट बेहोरिरहेको समयमा सर्वसाधरणलाई नवीकरणीय उर्जाबारे जानकारी दिन बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले प्रदर्शनी गर्न लागेको हो ।

भृकुटी मण्डपमा हुने प्रदर्शनीको उद्घाटन दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । ‘उर्जा सुरक्षाको लागि नवीकरणीय उर्जा’ भन्ने मूल नाराका साथ हुने तीनदिने प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीमा सोलार, सुधारिएको चुलो, वायोग्यास, लघुजलविद्युत, वायुउर्जा लगायतका प्रविधिको प्रदर्शनी तथा विभिन्न अन्तक्रियात्मक कार्यक्रमहरु गरिनेछन् ।

ऊर्जा संकटलाई सम्बोधन गर्न र दुर्गम तथा शहरी क्षेत्रहरुमा उर्जा प्रविधिको पहुँचमा वृद्धि गर्न कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा अवलोकन गर्ने सर्वसाधरणले लोडसेडिङको झन्झटबाट मुक्त हुने विकल्पहरु पाउने बैकल्पिक उर्जा प्रर्वछन केन्द्रको दावी छ ।

प्रदर्शनीमा शहरी क्षेत्रमा अनुदान र सुलभ कर्जामा आधारित सौर्य ऊर्जा प्रणाली, फोहोरमैलाबाट उर्जा उत्पादन र घरायसी ग्यासीफायर जस्ता नवीवतम प्रविधि र जडान प्रक्रियाको बारेमा समेत जान्न सकिने छ ।

कार्यक्रममा सोलार, लघुजलविद्युत, जैविक ऊर्जा, वायो ग्याँस, वायु उर्जा लगायतका प्रविधिबारेका १ सय २५ स्टलहरु राखिने छन् ।
विभिन्न कम्पनीले उत्पादन तथा आयात गरेका नवीकरणीय ऊर्जा प्रविधिसँग सम्वन्धीत उपकरण तथा सामानहरु सर्वसाधरणले सुलभ मूल्यमा किन्न सक्नेछन् । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?