+
+

कच्चा तेलको मूल्य १२ वर्षकै न्यून

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १०:२४

३० पुस, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२ वर्षकै सबैभन्दा न्यूनतम विन्दुमा आइपुगेको छ ।

Petrolअमेरिकाको तेल भण्डारण क्षमता बढेको खबरहरु आइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ३० डलर भन्दा कम भएको छ । यो पछिल्लो १२ वर्षकै सबैभन्दा कम भएको बीबीसीले जनाएको छ ।

पछिल्लो १५ महिनामा तेलको मूल्य ७० प्रतिशत घटेको हो । चीनको अर्थतन्त्रमा भइरहेको वृद्धि केही मन्द हुनु तेलको मूल्य खस्किनुको अर्को कारण मानिएको छ । साथै अमेरिकामा हालैका वर्षमा तेलको उत्पादन पनि बढिरहेको छ ।

यसअघि तेलको मूल्य ओरालो लाग्दा तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन ओपेकले तेलको उत्पादनमा कटौती गर्ने गर्दथ्यो । तर, यसपालि ओपेकले तेलको उत्पादन घटाएको छैन ।

बढ्दो तेल भण्डारणका कारण तेलको मूल्य झर्ने क्रम सन २०१६ मा जारी रहने विश्लेषण गरिएको छ । त्यसमाथि इरान पनि तेल बजारमा प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?