३० पुस, काठमाडौं । टर्कीको पुलिस हेडक्वाटरमा कार बम विस्फोट भएको छ । दक्षिण पूर्वी भागमा रहेको प्रहरी हेटक्वाटरलाई लक्षित गरी भएको विस्फोटमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना भन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा एक महिला र बच्चा पनि रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले उद्धार कार्य जारी छ । विस्फोटका लागि कुर्दिस वर्कस पार्टीका लडाकूहरु जिम्मेवार रहेको अधिकारीहरुले दाबी गरेका छन् । तर, अहिलेसम्म कुनै समूहले विस्फोटको जिम्मा लिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4