+
+

नवलपरासीमा घुससहित इञ्जिनियर पक्राऊ

३० पुस, भैरहवा । जिल्ला प्राविधिक कार्यालय नवलपरासीका एक जना सवइञ्जिनियर ३० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई बिहीबार रंगहात पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १३:५९

akhtiyar-butwal

  • बुटवलस्थित अख्तियारको सम्पर्क कार्यालय

सलमान खान
३० पुस, भैरहवा । जिल्ला प्राविधिक कार्यालय नवलपरासीका एक जना सवइञ्जिनियर ३० हजार रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई बिहीबार रंगहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी जिल्ला देउरी ३ का मनोज कुमार यादव रहेको अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षकउमेशराज जोशीले अनलाइनखबरलाई जानकारी दिए ।

नवलपरासीको कावासोतीका एक व्यक्तिबाट यादवले कल्भर्टको लागत स्टिमेट बनाइदिने भन्दै ३० हजार रुपैयाँ घुस मागेको उजुरी परेपछि अख्तियारको टोली परिचालित भएको थियो ।

मधेस आन्दोलन र नाकाबन्दीको समयमा पनि अख्तियारको बुटवल कार्यालय सक्रिय छ । मधेस आन्दोलनको समयमा आन्दोलनको समस्या देखाएर पनि भ्रष्टाचार हुनेसक्ने भएकाले अनुगमन जारी राखेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

आन्दोलनले चार पाङ्ग्रे गाडी नचलेको अवस्थामा पनि अख्तियारके टोली मोटरसाइकलमा नै लुम्बिनी अंचलका ६ जिल्लाहरु रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका विकट स्थानहरुमा पनि स्थलगत अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?