+
+

कतारमा तीन नेपालीलाई उत्कृष्ट कामदारको अवार्ड

दोहा । कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरनेशन अन्तर्गतको एरोस (द स्पोर्ट्स एण्ड रिक्रियसनल अरगनाइजेशन) ले आफ्नो वार्षिकोत्सव तथा नयाँ बर्षको अवसर पारेर कामदारहरुलाई अवार्ड वितरण गरेको छ । कम्पनीमा कार्यरत हरेक विभागका १ कर्मचारीलाई बर्षभरीको उत्कृष्ट कामदार घोषणा गर्दै १३ लाख ५७ हजार २ सय रुपैयाँ (कतारी रियाल ४६ हजार ८ सय) बराबरको नगद पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १९:३६

best-worker-award-to-Nepale

घनश्याम पराजुली (कृष्ण)
दोहा । कतारको एक प्रतिष्ठित कम्पनी एबल ईन्टरनेशन अन्तर्गतको एरोस (द स्पोर्ट्स एण्ड रिक्रियसनल अरगनाइजेशन) ले आफ्नो वार्षिकोत्सव तथा नयाँ बर्षको अवसर पारेर कामदारहरुलाई अवार्ड वितरण गरेको छ । कम्पनीमा कार्यरत हरेक विभागका १ कर्मचारीलाई बर्षभरीको उत्कृष्ट कामदार घोषणा गर्दै १३ लाख ५७ हजार २ सय रुपैयाँ (कतारी रियाल ४६ हजार ८ सय) बराबरको नगद पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गरेको हो ।

अवार्डमा विभागीय कर्मचारी अन्तर्गत तीन नेपाली उत्कृष्ट कामदार घोषित भए । लेखापालमा नारायण पराजुली, चालक दलमा अमृत लामा र साधारण कामदारमा दुखान कुमारलाई कम्पनीले बर्षको उत्कृष्ट कामदार घोषणा गरेको थियो । त्यस्तै मार्केटिङ्गमा अमित कुमार र अप्रेसनमा सलिल केपी बर्षकै उत्कृष्ट कामदार बने । पाँच विभागीय अवार्ड अन्तरगत ३ अवार्ड नेपालीले हात पारेका थिए ।

best-nepali-worker

विभिन्न सात देशका १ हजार ५ सय जनाभन्दा बढी कामदारहरु रहेको उक्त कम्पनीको व्यवस्थापन पक्षदेखि कामदारहरुको साझा संस्थाको रुपमा एरोसले काम गर्छ । हरेक बर्ष जस्तै यो बर्ष पनि नयाँ बर्ष तथा वार्षिकोत्सव मनाउँदै बर्षभरी आफ्ना कामदारले गरेको कामको मूल्यांकन गर्दै अवार्ड दिएको हो ।

कार्यक्रममा अवार्डका लागि प्रतिष्पर्धा गर्ने अन्य कामदारहरुलाई समेत सान्तवना पुरस्कार दिइएको थियो । प्रतिष्पर्धामा चिनकाजी गुरुङ, अब्दुल दतिफ कराट, जनकरोशन परेरा र भिश्वमोहन रहेका थिए ।

त्यस्तै बर्षभरी कम्पनीमा विभन्न क्षेत्रमा उत्कृष्ट कामदारहरुलाई समेत पुरस्कार वितरण गरियो । पुरस्कार पाउनेहरुमा मार्केटिङका अहमद मुल्ला, अप्रेशनका मोहम्मद कल्लिभिलप्पील, ओर्कसपका साल्ली टी, क्याप्मबोस श्यामकुमार हमाल, साधारण कामदार अमरलाल यादव छन् ।

उत्कृष्ट हाजिरमा रबिन्द्र चामागुजी, एचआर रिफ्की हुसेन, मेन्टेनेन्स सियाद के, नरबहादुर थापा र विषेश पुरस्कार मुन्ताज पिकेलाई दिइएको थियो । उनीहरुलाई कम्पनीको व्यवस्थापन तथा उपस्थित अतिथीहरुले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा अन्य शाखा कम्पनीहरु एसबिएस, एबल पास्टलेण्ड, एबल वाटर, अल जोम्रा, ओलिभ फिउल, सिटो ओटोमोलाई, ईदुपार्क, एबल कन्ट्रक्सनका कर्मचारीहरुलाई समेत पुरस्कृत गरियो ।

Arose-award

कतारका विभिन्न स्थानमा रहेका दश वटा आवासबाट कार्यक्रममा कामदारहरुको उपस्थिति थियो । कार्यक्रममा कामदारहरुले आ-आफ्नो प्रस्तुति राखेका थिए । अन खालिदमा रहेको कर्मचारीको समूहले विभिन्न देशका भेषभुषा र सँस्कृतिलाई प्रस्तुत गरेको थियो । उनीहरुले उत्कृष्ट साँस्कृतिक कार्यक्रमको पुरस्कार पाए ।

कार्यक्रममा १ घण्टाभन्दा बढी कम्पनीका कामदारहरुले नेपाली, हिन्दी, मल्यालम, तमिल, श्रीलंका, अरविक र अंग्रेजी भाषाका सांगितिक तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा श्रीलंका दुतावासका राजदूत करुनादाश, कतारको गृह मन्त्रालयका कर्मचारी लेफ्टीनेन्ट साहीन अब्दुल लतिफ, कम्युनिटि पुलीसका अब्दुल रहमान अल खासीम, अलफाजा पुलीसका मोहम्मद अल अमिर, भारतीय दूतावासका सचिव मोहम्मद हलिम, कम्युनिटि रिचआउटका फाईसल हुएदी, कम्पनीका स्पोन्सर सहिद साद आरएच अल सुवेई, प्रबन्धक निर्देशक अबुबक्कर सिद्धिक पुराईल र जावेर एराकोडन, व्यवस्थापन निर्देशक मुजिक रहमान ईके, एरोसका प्रमुख कालिद कम्पलमेन लगायतको उपस्थिति थियो ।

Arose-award-distribution

नेपालमा गत बैशाखमा गएको भूकम्पबाट घरवारविहीन बनेका कम्पनीका कामदारहरुको घरमा नै पुगेर एरोसको टिमले अवलोकन गरेको थियो ।

नेपालबाट फर्केर उक्त कम्पनीका कामदारलाई नगद सहयोग हस्तान्तरण गरेको थियो । कम्पनीमा कार्यरत २० जनाको घर परिवारलाई क्षतिको आधारमा तीन समूहमा विभाजन गरी नगद सहयोग गरेको हो । प्रतिघर २ लाखदेखि २५ हजार रुपैयाँसम्म नगद सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?