+
+

वाइसिएल चितवनद्वारा ११ हजार लिटर डिजल बरामद

२३ फागुन, भरतपुर । एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसिएल नेपालले चितवनमा ११ हजार लिटर डिजल बरामद गरी प्रहरीको जिम्मा लगाएको छ ।

नवलपरासीको त्रिवेणीबाट काठमाडौं लैजाँदै गरेको अवैध डिजल वाइसिएल चितवनले बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २३ गते ९:२२

YCL-Chitwan,-Disel-Baramad

  • डिजलसहित नियन्त्रणमा लिइएको ट्रकसहित चितवन वाइसिएलका नेताहरु

२३ फागुन, भरतपुर । एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसिएल नेपालले चितवनमा ११ हजार लिटर डिजल बरामद गरी प्रहरीको जिम्मा लगाएको छ ।

नवलपरासीको त्रिवेणीबाट काठमाडौं लैजाँदै गरेको अवैध डिजल वाइसिएल चितवनले बरामद गरेको हो ।

४६ वटा ड्रममा डिजल राखेर काठमाडौं जाँदै गरेको ना ४ ख ५५९४ नम्बरको ट्रक रामनगरबाट नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको चितवन वाइसिएल इञ्चार्ज इश्वर सापकोटा ‘सुमन’ले अनलाइनखबरलाई जानकारी दिए ।

‘नवलपरासीदेखि नै साइकलमा ओसार्दै गाडीमा लोड गर्दै गरेको सूचना पाएपछि हामीले पछ्याऔं,’ इन्चार्ज सुमनले भने, ‘बर्दघाटको चेकपोष्ट र कावासोतीको चेकपोष्टमा कहिँ पनि त्यो गाडीको इन्ट्री नदेखेपछि अवैध हो भन्ने लाग्यो र रामनगरमा रोकेर सोधपुछ गर्दा त्यो पुष्टि भयो ।’

चितवनको रामनगरमा गाडी रोकेर कागजपत्र माग्दा गाडीवालाले देखाउन नसकेको र कागज लिएर आउँछु भनेर हिँडेको व्यक्ति सम्पर्कविहीन भएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले ट्रक चालक र सहचालकलाई डिजलसहित नियन्त्रणमा लिएको छ । चालक र सहचालकले आफूहरु भाडामा काठमाडौं जान लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?