+
+
Shares

कमल थापामाथि केशरबहादुरका ५ आरोप

१६ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि उनकै पार्टीका सह-अध्यक्ष केशरबहादुर विष्टले गम्भीर आरोप लगाएका छन् ।

मंगलबार सार्वजनिकरुपमा प्रेस विज्ञप्ति नै जारी गरेर विष्टले थापामाथि लगाएका आरोप यस्ता छन्ः

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १६ गते १७:३१

Kesharbahaur-Bist

  • केशरबहादुर विष्ट, सह-अध्यक्ष, राप्रपा नेपाल

१६ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि उनकै पार्टीका सह-अध्यक्ष केशरबहादुर विष्टले गम्भीर आरोप लगाएका छन् ।

मंगलबार सार्वजनिकरुपमा प्रेस विज्ञप्ति नै जारी गरेर विष्टले थापामाथि लगाएका आरोप यस्ता छन्ः

१.संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्रको सर्वमान्य मूल आदर्शलाई आत्मसात गर्दै वैकल्पिक प्रजातान्त्रिक पार्टी स्थापना गर्ने उद्देश्यका साथ ०४८ सालमा खडा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी आज २४ वर्ष पूरा गर्न लाग्दा विभिन्न स्वार्थ गुटको शिकार भएर विभिन्न शाखा उपशाखा प्रशाखा जस्तै अनेकन नाममा विभाजित भई दलको नाममा निरीहजस्तै अवस्थामा पुगेको छ ।

२. राप्रपा नेपालको सिद्धान्त हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन प्रणालीसहितको राज्य व्यवस्थाको मान्यतालाई आत्मसात गर्दै ६,३०,००० नेपाली जनताले निर्वाचनवाट व्यक्त गरेको मतको अपमानस्वरुप यो संविधानलाई उत्कृष्ट भनिएको छ, यो घोर आपत्तिजन्य र कृत्रिम कुरा हो ।

३. राप्रपा नेपालको आदर्श र हामीले पाएको जनादेशको सम्मान गर्न हामीले यो संविधानको कुनै नाम र वहानामा समर्थन गर्ने, सपथ लिने र लागु गर्ने कार्य हुनुहुँदैन, जो भइरहेको छ ।

४. बलियो पार्टी बनाउन संविधान प्रदत्त अधिकारहरुको प्रयोग गर्ने हो भने सबै राप्रपा एकीकृत हुनुबाहेक अर्को विकल्प हुन सक्दैन । साथसाथै तुरुन्त राप्रपा नेपालले असान्दर्भिक सरकारमा बसाइ गरिरहनु उपयुक्त छैन ।

५. पार्टीलाई संस्थागत परिपाटीमा चलाउन व्यक्तिको असीमित आडम्बर र मनपरीबाट जोगाउनु, पार्टीका नेता, कार्यकर्तालाई दास दलालको पहिचानवाट स्वाभिमानी, अनुशासित, भिन्न विचारलाई कदर गर्ने, प्रजातान्त्रिक चरित्रको बनाई राष्ट्रिय बैकल्पिक प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक छ ।

हाम्रा मान्यता धार्मिक स्वतन्त्रतासहितको हिन्दु अधिराज्य, राजाको संरक्षकत्वमा हक अधिकारको स्थानीय तहसम्मै अधिकारको प्रत्यायोजन भएको शासन प्रणाली मात्रै देशको स्वाभीमान  सुहाउँदो, पूर्खाले दिएको अभिभाज्य, सवल सक्षम नेपालको व्यवस्था हुन सक्छ ।

यही मान्यता बोकेका र यस मान्यताको प्राप्तिका लागि संघर्ष गरी रहेका तमाम समान विचार भएका व्यक्ति, संघसंस्था, दलहरु एक भएर एकीकृत राप्रपा बनाउनुपर्ने आजको आवश्यकता हो ।

(सह-अध्यक्ष विष्टद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिबाट)  

यो पनि पढ्नुस्

कमल थापाको पार्टी फुटको संघारमा, सरकार छाड्न दबाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?