काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशंसक हुन् १२ वर्षीय बालक प्रशान्त न्यौपाने । उनको नेपाली क्रिकेटप्रतिको लगाव देख्दा जोकोही आश्चर्यचकित बन्छन् ।
दक्षिणी पर्वतको विकट ठाउँमा उनको घर छ, जहाँ क्रिटेक खेल्ने उपयुक्त ठाउँसम्म छैन । तैपनि प्लाष्टीकको बललाई र घरैमा बनाएको काठको मुङ्ग्रोले हिर्काएर आफ्नो सौख पुरा गर्छन् उनी ।
प्रशान्त नेपाली क्रिकेटरहरुलाई कतिसम्म माया गर्छन् भनेर थाहा पाउन उनका कापीहरु हेर्नुपर्छ । नेपाली खेलाडीको तस्वीरहरु कटिङ गरेर उनले आफ्नो कापीमा टाँसेका छन् ।
यति मात्र होइन, खेलाडीहरुका विषयमा थाहा पाएसम्मका सूचना उनी कापीमा लेख्छन् ।
क्रिकेट खेलाडीका हरेक गतिविधिबारे जानकारी राख्छन् उनी । पारस खड्काको आन्द्रामा समस्या भएर नर्भिक अस्पतालमा उपचार गराएको देखि दिल्ली पुगेर आएकोसम्म उनलाई थाहा छ ।
तर, प्रशान्तको पारिवारिक अवस्था दयनीय छ । कमजोर आर्थिक अबस्था भएका उनका बुबाको दुबै खुट्टा छैनन् । पोलियोका कारण उनले खुट्टा गुमाउनु परेको थियो । उनकी आमाको पनि एक हात को हत्केला छैन ।
कसैले सहयोग गरे आफू पनि भविश्यमा नेपालको ठुलो क्रिकेटर हुने सपना सुनाउँछन् प्रशान्त । उनलाई वैसाख ४ र ६ गते हुन गईरहेको नेपाल र नामिबियाको खेल हेर्न तीव्र इच्छा छ ।
उनको बाबुआमा छोराको क्रिकेट हेर्ने चाहना पुरा गरिदिन चाहन्छन्, तर काठमाडौं पठाउन पैसा छैन ।
तस्वीरः सन्जय काफ्ले
प्रतिक्रिया 4