बाहिरको सजावट हेर्दा नै धेरैको मन तान्छ यो घरले । भित्र प्रवेश गरेपछि त झनै मन लोभ्याउँछ घरले । घरमा प्रयोग गरिएका सामाग्री, निर्माणको तरिका साच्चै गजबको छ ।
घरको तल्लो फ्लोरबाट भर्याङ उक्लदै गर्दा, भित्तामा प्रियंका कार्कीका तस्बिर छन् । कतै उनी दुलहीको पहिरनमा छिन् त कतै छोटा पहिरनमा । भित्तामा सानी वच्चीको पनि तस्बिर छ ।
घरको पहिलो फ्लोरको सजावट पनि उस्तै छ । भित्तामा प्रियंका कार्की र अर्पण थापाको बिहेको तस्बिर फ्रेममा राखिएको छ । छेउमै विस्तारा, खाटमा दुइको तस्बिर । यदि, कोही मानिस नभएको समयमा यो घर कोही पुग्यो भने प्रियंका कार्की र अर्पण थापाले बिहे गरेर सुटुक्क नयाँ घरमा बस्न थालेछन् भन्ने लाग्न सक्छ ।
तर, जब क्यामेराको लेन्स र क्रिउ मेम्बर देखिन्छ अनी मात्र त्यहाँ पुग्नेलाई लाग्छ यो सुटिङ रहेछ ।
काठमाण्डौको नेपालटारमा रहेको एउटा घरमा निर्देशक साम्तेन भुटिया आफ्नो नयाँ चलचित्र ‘अनागत’को छायांकनमा व्यस्त थिए । यो घरमा विगत १२ दिनदेखि उनी छायांकन गरिरहेका थिए ।
चलचित्रको छायांकन अन्तिम अवस्थामा पुगेको थियो । यतिकैमा श्रीमान्-श्रीमति बनेका अर्पण थापा र प्रियंका कार्की एउटा कुर्सीमा बसेर अंगालिन थाले । अर्पणले आफ्नै हातमा सानो क्यामेरा लिएका थिए ।
अर्पणको काखमा बसेकी प्रियंकाले उनीसँगै चल्दै र जिस्कदै विभिन्न कुराकानी गरिरहेकी थिइन् । अर्पण उनलाई शंकाको भावले हेर्दै थिए ।
निर्देशकले वरिपरी कसैलाई पनि जान नदिई यी दुई पर्दाका श्रीमान्-श्रीमतिलाई एकान्तमा छोडिदिए । उनीहरु मस्ती गर्दै डुबिरहेका थिए । निर्देशकले कट भनेपछि मात्र यी दुइको प्रेम आनन्द भंग भयो ।
अर्पणका अनुसार यो चलचित्रमा उनको दिमागी अभिनय धेरै देखिन्छ । चलचित्रमा नायिका कार्की पेन्टरको भूमिकामा छिन् । चलचित्रको बारेमा अर्पणले यसो भनेः
चलचित्रको मुहुर्तमा मैले जे भनेको थिएँ, अहिले छायांकन अन्तिम अवस्थामा पुग्दा त्यसै अनुसार बनेको छ ।
हामीले यो चलचित्रलाई थोरै दिनमा सकेपनि दबाबमा काम गर्नुपरेको छैन । हरेक कुरा पहिले नै तयार हुने भएकाले काम गर्न सजिलो भयो । यो चलचित्र नेपाली समाजको वास्तविक चित्र पनि हो । रुप फरक होला तर यस्तो घटना नघट्ला भन्न सकिन्न । दर्शकले यो चलचित्र हेरेर मनोरञ्जन पाउँछन् ।
चलचित्रको बारेमा नायिका प्रियंका कार्कीको भनाई यस्तो छः
यो चलचित्रमा अर्पणलाई अपोजिट पाएर म एकदमै खुशी छु । यो पात्रका लागि उ भन्दा अरु कोही नि फिट हुन नै सक्दैन । मलाई यो घरमा चलचित्रको छायांकन गर्दा गर्दै छाड्न नै मन लागेको छैन । मैले मेरा तस्बिरहरु नहटाउनुहोला भनेको छु । यो चलचित्रमा दुबै जना पात्र एकदमै क्रियटिभ छ ।
मान्छेहरु पेन्टिङमा काम गर्न थालेपछि मनमा धेरै कुरा खेलाउँछन् । यसैले पनि होला उनीहरुको दिमागमा हरेक कुरामा शंका उत्पन्न हुन्छ । चलचित्रमा मैले अर्पणलाई मार्न खोजेकी छु । २ जना नै दिमागमा धेरै कुरा खेलाउने पात्र भएकाले होला शंका धेरै उत्पन्न हुन्छ । सुरेश र कृती नाम गरेका दुई पात्रको कथा हो यो । यसमा जम्मा ६ जना कलाकार छन् ।
चलचित्रबाट प्रियंका र अर्पण एकदमै खुशी देखिए । यो चलचित्रले कतै कतै दर्शकको मनमा डर पनि उत्पन्न गर्नेछ । चलचित्रमा कुनै पनि गीत छैन । अन्तिम दिनको सेड्यूल भएकाले दुई कलाकार फेरि फ्रेमभित्र प्रेम गर्न थाले ।
‘अनागत’को अर्थन नदेखिएको भन्ने हुदोरहेछ । निर्देशक भुटिया पत्रकारहरुलाई चलचित्रको बारेमा बताउँदै थिए ।
तस्बिर : कविन अधिकारी
प्रतिक्रिया 4