+
+
Shares

एमआरपी बनाउन हतार छ ? अब १५ हजार तिरे एकै दिनमा बन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २ गते १९:४५

२ असार, काठमाडौं । अब सेवाग्राहीले चाहेकै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) एकै दिनमा लिन सकिने भएको छ । यसका लागि १५ हजार रूपैयाँ लाग्नेछ ।

MRPमन्त्रिपरिषदको बिहीबारको बैठकले आकस्मिक रुपमा द्रुतमार्गबाट राहदानी लिन अतिरिक्त दस्तुर तोकिएको छ । यसमा आवेदन प्राप्त भएको २४ घन्टाभित्र सेवा पाउन १५ हजार, दुई दिनभित्रका लागि १२ हजार, तीन दिनभित्रका लागि १० हजार रकम तोकिएको छ ।

दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरिसकेको छ ।

बढी मूल्य सम्पन्न मानिसले मात्रै तिर्न सक्छन् । विपन्नलाई पनि राहदानीको हातार हुन सक्छ । तर उनीहरुले बढी रकम तिर्न सकेनन भने के गर्ने  ? भन्ने प्रश्नमा विभागले सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य नभइ आवश्यकता सम्बोधन गर्ने प्रयास भनेको छ ।

यससँगै विभागले अब पूरानै शुल्कमा ३ दिनभित्रमा सबै सेवाग्राहीलाई एमआरपी वितरण गर्ने भएको छ ।  यस्तो सेवा भने विभाग परिसर नारायणहिटीबाट मात्र उपलव्ध गराउने तयारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?