+
+

भाषा विवाद संसदमा पुग्यो, छानविन समिति बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १६ गते १५:००
Kanta Bhattarai and Anuradha Thapa
सांसदद्वय कान्ता भट्टराई र अनुराधा थापा

१६ भदौ, काठमाडौं । नयाँ परिवर्तनका नाममा नेपाली भाषामा गरिएको हेरफेरसँगै सुरु भएको भाषा विवाद व्यवस्थापिका संसदमा पुगेको छ ।

संसदको बिहीबारको बैठमा सांसदहरुले भाषा विवादबारे ध्यानाकर्षण गराएका छन् । राप्रपा नेपालकी सांसद कान्ता भट्टराईले भाषामा गरिएको परिवर्तन अत्यन्त दुःखद भएको बताइन् ।

‘भाषा हो सभ्यता हाम्रो, भाषा नै पहिचान हाम्रो, भाषाले जोड्छ सम्वन्ध, यहि नै स्वाभिमान हाम्रो’ भन्ने स्लोकबाट आफ्नो सम्बोधन सुरु गरेकी उनले भाषामा जबरजस्ती तोडमोड गर्दा संस्कृतिमा ह्रास आउने बताइन् ।

उनले ०४७ पछि संस्कृत भाषाको अपमान गर्दा नेपाली भाषाको जग हल्लिएको बताइन् । मुठ्ठीभरका मान्छेले नेपाली भाषालाई छिन्न भिन्न पार्न खोजेको भन्दै उनले वृहत र व्यापक चिन्तन नगरी भाषालाई चलाउन नहुने बताइन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापाले पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले गल्ती गरेको बताइन् ।

केही मान्छेले बुझाएको प्रतिवेदन हेर्दै नहरी मन्त्रीले सदर गरेको भन्दै उनले भनिन्, ‘के मन्त्रालय सचिव र नजिककाले भनेको भरमा चलाउने हो ? कि आफ्नो गल्तीको भारी विसाउने चौतारो हो ?’

अमेरिकाको क्रिश्चियन संस्थाको दबावमा प्रतिवेदन सदर गरेको भन्ने चर्चा रहेको भन्दै उनले यसबारे छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?