+
+

‘स्क्रब टाइफस’को निःशुल्क परीक्षण सुरु

रासस रासस
२०७३ भदौ २४ गते १२:२५

२४ भदौ, चितवन । चितवनमा ‘स्क्रब टाइफस’ रोगको निःशुल्क परीक्षण सुरु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट चितवनको भरतपुर अस्पतालका लागि २०० वटा किट उपलब्ध भएकाले परीक्षण निःशुल्क गर्न थालिएको हो ।

Bharatpur-Hospital-Chitwan‘हामीले भरतपुर अस्पताललाई किट उपलब्ध गराइसकेका छौँ,’ जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले भने, ‘अब सरकारी अस्पतालमा निःशुल्क परीक्षण हुन्छ ।’

जिल्लामा पहिलोपटक यही वर्ष स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । चितवन मेडिकल कलेजले सुरुमा निजी रुपमा करिब रु दुई हजार ५०० लिएर रोगको परीक्षण गर्दै आएको थियो । पछि भरतपुर अस्पतालले रु एक हजारमा परीक्षण थालेको थियो ।

अहिले अस्पतालमा सरकारी तवरबाट किट उपलब्ध भएकाले निःशुल्क परीक्षण हुन थालेको हो । ‘किट आएको छ, केही सेवा शुल्क लिएर परीक्षण हुन्छ.’ सरकारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासैनीले भने

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालले यसको परीक्षण गर्दै आएको छ ।

वैशाखयता जिल्लामा कुल ४७३ जना बिरामीको नमुना परीक्षणमा १८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

उनका अनुसार यही भदौ १३ देखि अहिलेसम्म २७ जना नयाँ बिरामी फेला परेका छन् । १३ गतेसम्म कुल ४०३ जनाको परीक्षणका क्रममा १६२ जनामा सङ्क्रमण भएको थियो ।

उक्त रोगका कारण यो वर्ष चितवनमा दुईजनाको ज्यान गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले सङ्क्रमण दरमा कमी आएको बताए ।

नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण छजनाको ज्यान गइसकेको छ । नेपालमै सबैभन्दा बढी चितवनमा यो रोग फैलिएको छ । मुसामा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा यो रोग लाग्छ । विशेषगरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्ने गर्छ ।

गएको वर्षबाट नेपालमा आधिकारिक पुष्टि भएको यो नयाँ रोग स्क्रब टाइफस चितवनमा भने यही वर्ष देखिएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?