+
+

काभ्रेको बिर्ता देउराली जाने गाडी कोटेश्वरमा तोडफोड

सिन्डीकेट चलाउनेले अरनिको राजमार्गमा दुःख दिएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २१ गते १३:५७

yatayat
२१ असोज, काठमाडौं । दशैंका यात्रुहरु घर लैजान तयारी गरिरहेको अवस्थामा कोटेश्वरमा शुक्रबार दिउँसो एउटा गाडीमाथि अज्ञात व्यक्तिले तोडफोड गरेका छन् ।

तीन दिन अघिमात्रै काभ्रेको कोशीपारीका यात्रुहरु बोक्न थालेको ना १ ज ६२९० नम्बरको गाडीमासथ कोटेश्वरको भाटभटेनी नजिकै रोकी राखेको अवस्थामा तोडफोड भएको हो । दुई व्यक्तिले तोडफोड गरेर भागेको गाडीका चालक सुवर्ण लामाले अनलाइनखबरलाई बताए ।

हेलमेट बोकेर आएका दुई व्यक्तिले अगाडि र पछाडिको सिसा फुटाएर भागेको उनले बताए । तोडफोडको घटना दिउँसो १ बजे भएको हो जतिबेला घटनास्थल छेउछाउ ट्राफिक प्रहरीहरु तैनाथ थिए । तोडफोड गर्नेहरुलाई प्रहरीले खोजी गरिरहेको भए पनि फेला पारेको छैन ।

सुनकोशी पूर्व यातायात प्रालिले काभ्रेको बिर्ता देउरालीका लागि तीन दिन अघिमात्रै अरनिको राजमार्गमा १३ वटा गाडी चलाउन थालेको छ । राजमार्गमा गाडी सञ्चालन गरेपछि अरनिको यातायात समितिले धम्क्याएको र यो आक्रमण पनि उनीहरुबाटै परिचालत व्यक्तिले गरेको हुन सक्ने सुनकोशी पूर्व यातायात समितिका एक पदाधिकारीले अनलाइनखबरसँग बताए ।

नयाँ गाडीका एक चालकले अनलाइनखबरसँग भने- ‘समितिका मानिसहरुले बाटोमा हामीलाई घुरेर हेर्ने, हाम्रो गाडीलाई साइड नदिने र अनेक प्रकारले दुख दिने गरिरहेका छन् । आज त अकस्मात गाडी नै फोडियो ।’

कोशीपारीको बिर्तादेउरालीसम्म आफूहरुले टाटासुमो चलाउन थालेपछि पुरानो सिन्डिकेट चलाइरहेका मानिसहरुले दुःख दिएको सुनकोशी पूर्वयातायात प्रालिको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?