+
+
Shares

लोडसेडिङ अन्त्य चाहनुहुन्छ ? पिक आवरमा चार उपकरण नचलाउनुस् !

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १ गते २०:१८

electric-machine

१ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेको नेपाल विद्युत प्राधिकरणले यसलाई निरन्तरता दिन जनतासँग सहयोग मागेको छ ।

तिहारको समयमा लोडसेडिङ नगरेको प्राधिकरणले अहिलेसम्म त्यसलाई निरन्तरता दिएको छ । तर, जाडोयाममा विद्युत उत्पादन घट्ने र खपत भने बढी हुने भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा प्राधिकरण जुटेको छ ।

यसक्रममा उसले जनतासँग सहयोग मागेको छ । यो सहयोग बत्ती नै नबाल्ने भन्ने होइन । प्राधिकरणले पिकलोड आवरमा बढी विद्युत खपत हुने उपकरणहरु नचलाएर सहयोग गर्न अपील गरेको छ ।

प्राधिकरणका अनुसार विहान ५ बजेदेखि ८ बजेसम्म र साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्मलाई पिकलोड समय मानिन्छ । यो समयमा बढी विद्युत खपत हुने उपकरणहरु वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता उपकरण प्रयोग नगरी लोडसेडिङ अन्त्यको अभियानमा सहयोग गरिदिन प्राधिकरणले आग्रह गरेको छ ।

पिकलोड समय बाहेक अरु समयमा भने यी उपकरणहरु पनि चलाउन सकिनेछ ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा जनतालाई साथमा लिएर अघि बढ्ने प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए ।

यी पनि पढनुहोस्

यसरी पो गरिँदोरहेछ बिजुलीको कालोबजारी ! 

कुलमान घिसिङको भित्री कथाः बेथानको ‘ध्वाँसो’ देखि काठमाडौंको लोडसेडिङसम्म

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?