+
+

वनकालीमा चक्कु हानेर युवकको हत्या, अर्का एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ७ गते १०:३३

७ पुस, काठमाडौं । पशुपति वनकाली क्षेत्रमा चक्कु हानेर युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

बुधबार साँझ युवाहरुको समूहले झगडाका क्रममा सोनाम तामाङ र विजय गुरुङमाथि चक्कु प्रहार भएको थियो । घटनामा घाइते भएका १९ वर्षीय सोनामको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

murderसुनसरी धरानका उनी बालाजुमा बस्दै आएका थिए । घटनामा १८ वर्षका विजय गुरुङ घाइते भएका छन् ।

उनको टाउको र कोखमा चोट लागेको छ र अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रहरीका अनुसार सोनाम र विजयको समूहले कुटेका युवाहरुले बदला भावले उनीहरुमाथि चक्कु हानेका थिए । घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको गौशला प्रहरीका डीएसपी नवराज कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?