+
+

चीनले नेपाललार्इ १५.७ अर्ब अनुदान सहयोग दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते २०:१६

nepal-china-flag

१४ पुस, काठमाडौं । चीनले नेपाललाई १५.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

चीनले स्याप्रुवेशी- रसुवागढी सडकको स्तरोन्तति गर्न, सिभिल अस्पतालको स्तरोन्नति तथा पुनर्निर्माण र भूकम्प पछिको पुनर्निर्माणमा खर्च गर्न एक बिलियन चिनियाँ यूआन सहयोग उपलब्ध गराउने भएको हो ।

बेइजिङमा बिहीबार अनुदान रकम दिने सम्झौतामा दुबै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासले जनाएअनुसार सम्झौता पत्रमा चिनियाँ वाणिज्य राज्यमन्त्री झ्याङ सियाङचेन र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले हस्ताक्षर गरेका छन्।

अनुदान सहयोग कनेक्टिभिटी विस्तार, पर्यटन, ब्यापार, लगानी प्रवद्र्धन, स्वास्थ्य क्षेत्रको सुधार तथा भूकम्प प्रभावित जिल्लाको जनताको जीवनस्तर उन्नतीका लागि खर्च गरिने छ ।

press-release-agreement-between-nepal-and-china

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?