+
+

ट्रकको ठक्करले बालकको मृत्युपछि तनाव, नौ राउण्ड अश्रु ग्यास प्रहार

एस.के. शान एस.के. शान
२०७३ पुष २१ गते १९:०९

२१ पुस, सप्तरी । ट्रकको ठक्करले एक जना बालकको मृत्यु भएपछि सप्तरीको खोजपुर गाविसमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । झडपका क्रममा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

Saptari-Mapपूर्व पश्चिम राजमार्ग अन्तर्गत खोजपुरको खरचुहियामा मालबाहक ट्रकले दिउँसो दुई बजेतिर ठक्कर दिंदा बालकको घट्नास्थलमै मृत्यु भएको थियो ।

ना.२ ख. ६१८० नम्बरको ट्रकले दिएको ठक्करबाट पन्सेरा ९ का लक्ष्मण रामको छोरा अर्जनुकुमार रामको मृत्यु भए लगत्तै स्थानीयहरुले ट्रक चालकलाई कार्वाही र क्षतिपूर्तीको माग राख्दै टायर बालेर राजमार्ग अवरुद्व गरेका थिए ।

राजमार्ग अवरुद्व गरेपछि प्रहरीले खोलाउन लाठी प्रहार गर्दा दुबै पक्षबीच झडप भएको छ । झडपमा एक दर्जन स्थानीयहरु र पाँच जना प्रहरी घाइते भएका छन् ।

स्थानीयहरुले गरेको चक्काजाम खोलाउने क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै नौ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले लाठी चार्ज शुरु गर्दा स्थानीयहरुले ढुँगा प्रहार गरेका थिए ।

‘घटना भए लगत्तै स्थानीयहरुले चक्काजाम गर्दै ट्रकमा पेट्रोल बम प्रहार गरी जलाउन खोज्दा हामीले सामान्य बल प्रयोग गरेका छौं’ सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले भने, ‘प्रहरीतर्फ पाँच जना घाइते भएका छन् । स्थानीयतर्फ घाइते भएको जानकारी हामीलाई प्राप्त हुन सकेको छैन ।’

स्थानीयहरुका अनुसार एक दर्जनभन्दा बढी व्यक्ति प्रहरीको लाठी चार्जबाट घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले यहाँको अवस्था सामान्य भइसकेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?