+
+

बजेट अभावले इलाम बसपार्क निर्माणमा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २३ गते १३:५९

२३ पुस, इलाम । इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँचवर्ष बितिसक्दा पनि अझै पूरा हुनसकेको छैन् । ट्राफिक जाम व्यवस्थापनस“गै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्तगतिमा मात्र काम भएको छ ।

Micro-Bus

सहरी विकास तथा आवास डिभिजन कार्यालयले दुई वर्षमा कामसक्ने लक्ष्य राखेर काम अघि बढाए पनि बजेट अभावले समस्या भएको जनाएको छ । ग्रिन बिल्डिङको अवधारणा अनुसार बसपार्क निर्माण हुने कार्यालयले जनाएको छ ।

घेराबारा गर्नेसहित एप्रोज र इन्ट्रान्स रोडको काम सकिएको बसपार्कको तल्लो तहको काम भइरहेको छ । पानी व्यवस्थित गर्ने काम पनि यससँगै सम्पन्न हुने कार्यालयले जनाएको छ ।

‘पर्याप्त बजेट नआएका कारण लक्ष्यअनुसार काम सम्पन्न गर्न नसकिएको हो,’ इन्जिनियर सुवर्ण चौधरीले भने। “निर्माण पूरा भएपछि १८ वटा बस राख्न सकिनेछ” । बसपार्क क्षेत्रमा १२ वटा ट्याक्सी पार्किङ गर्न सकिनेछ ।

बजारदेखि करिब दुई किलोमिटर टाढा रहेको बसपार्क बजारबासीका लागि अपायक भएको गुनासो छ । ‘नगरपालिकाले समग्र भूगोललाई हेर्नुपर्छ,’ कार्यकारी अधिकृत महेन्द्र खाम्याङले भने, “बजार क्षेत्रमा व्यवस्थित बसपार्क बनाउने ठाउ“ नभएको र बढ्दो सवारी साधनका कारण पनि यो स्थान नै उपयुक्त हो ।’

बजार क्षेत्रमा रहेको हालको बसपार्कलाई ट्याक्सी पार्कको रूपमा प्रयोग गर्ने इलाम नगरपालिकाले जनाएको छ । बसपार्क निर्माण सुरू भएपछि त्यस क्षेत्रमा जग्गाको मूल्य वृद्धि हुनुका साथै धमाधम घर निर्माण हुने क्रमसमेत बढेको स्थानीय महेन्द्र चौहानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?