+
+

संसदबाट बाफिया पारित

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २६ गते १३:५२

 

nrb-810

२६ पुस, काठमाडौं । अर्थ समितिबाट दोस्रो पटकको संशोधनपछि संसदमा पेश भएको गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन र एकीकरण गर्न बनेको विधेयक आज व्यवस्थापिका संसदबाट पारित भएको छ ।

विधेयक पारित भएसँगै यो बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको रुपमा आउने छ । अब बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा दुई कार्यकालभन्दा बढी बस्न नपाउने भएका छन् ।

यिनीहरुको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिको संशोधनमा अध्यक्षको कार्यकाल आजीवन रहनसक्ने जस्तो विवादास्पद निर्णय गरिएको थियो । संसदमा एक पटक पेश भएर यही विषयमा विवाद भए पनि पुनः संशोधनको लागि अर्थ समिति फिर्ता पठाइएको थियो ।

अब बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्ष पुगेपछि राष्ट्र बैङ्कको स्वीकृतिमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सक्ने छन् । यो आधारमा बिसं २०६३ सालसम्ममा सञ्चालनमा आएका संस्थाका सञ्चालकहरुले चाहेमा सर्वसाधारणमा सेयर परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ ।

कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाहरुले ०.५ प्रतिशत सेयर दिनुपर्ने भएको छ ।

संसदमा आज बाफिया पेश हुने , के पर्ला सेयर बजारमा प्रभाव ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?