+
+

बालिका बलात्कारको आरोपमा राजकुमार पक्राउ

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ माघ ७ गते ८:४१

Balatkar७ माघ, चितवन । ६ बर्षकी बालिका बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

६ बर्षकी सुनित (नाम परिर्वतन)लाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवनको राप्ती नगरपालिका राजकुमार परियारलाई पक्राउ गरेको हो ।

स्थानीयले बालिका बलात्कृत भएको जनाकारी दिएपछि प्रहरीले परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

परियारलाई ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

चितवनमै १ सय ८ पिस लागूऔषधसहित लमजुङ वेशिसहरका कृष्ण तामाङ पक्राउ परेको छन् । तामाङको साथबाट डाईजोपाम ३६ पिस, नुरफिन ३६ पिस र फेनारगन ३६ पिस लागूऔषध समेत बरामद भएको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?