+
+
Shares

जरुरी काम छ भन्दै केपी ओली किन फर्किए काठमाडौं ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३० गते १६:२२


३० फागुन, भैरहवा । मेची-महाकाली अभियानमा सहभागी भइरहेका एमाले अध्यक्ष केपी ओली अधिकांश कार्यकर्ताले थाहै नपाउने गरी सोमबार अकस्मात काठमाडौं फर्किएका छन् ।

सोमबार जितपुरको सभामा केपी ओली नदेखिएपछि बल्ल कार्यकर्ताहरुले उनी काठमाडौं फर्किएको सुइँको पाएका थिए ।

जितपुरको कार्यक्रममा ओलीसँग होली मनाउन आग्रह गर्दै एमाले कार्यकर्ताले जनतालाई सभामा बोलाएका थिए । तर, त्यहाँ ओली अनुपस्थित भएपछि एमाले नेताहरुले समर्थकहरुसँग माफी माग्दै अब चुनावपछि ओलीलाई ल्याउने बताए ।

(यो पनि पढ्नुहोस्- एमालेले झुक्यायो, ओली काठमाडौं हिँडेपछि एमाले नेताले माफी मागे)

एमाले नेताहरुले काठमाडौंमा महत्वपूर्ण राजनीतिक भेटघाट परेकाले ओली काठमाडौं फर्केको सभामा जानकारी दिएका थिए । तर, काठमाडौंमा कस्तो महत्वपूर्ण राजनीतिक भेटघाट हुन लागेको हो भन्ने एमाले नेताहरुले स्पष्ट पारेनन् ।

एमाले अध्यक्ष केपी ओली दाङको सभामा पनि सहभागी नहुने र नेपालगञ्जमा मात्रै उपस्थित हुने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?