दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फोन ग्यालेक्सी एस ८ र एस ८ प्लस लन्च गरेको छ । यसमा होम बटनलाई हटाइएको छ र एउटा नयाँ भर्चुअल असिस्टेन्ट थपिएको छ ।
यी दुवै फोनको स्किन साइज अघिल्लो वर्ष लन्च गरिएको सामसुङको एस ७ र एस ७ एज जति नै ठूलो छ ।
नोट ७ मा विष्फोटको घटनापछि सामसुङले त्यसलाई बजारबाट फिर्ता गरेको थियो । यसका अलावा, सामसुङमाथि भ्रष्टाचारको आरोपपछि कम्पनीको यो सबैभन्दा ठूलो लन्च हो ।
नोट ७ विष्फोट हुनुमा ब्याट्रीलाई जिम्मेवार ठहर्याइएको थियो । यसपटक ब्याट्रीको एक्स रे स्क्यान गरिएको कम्पनीले जनाएको छ ।
सामसुङको नयाँ फोन ग्यालेक्सी एस ८ र एस ८ प्लस २१ अपि्रलबाट बजारमा बिक्रीका लागि उपलब्ध हुनेछन् । ग्यालेक्सी एस ८ को मूल्य ६ सय ९० पाउन्ड र एस ८ प्लसको मूल्य ७८० पाउन्ड राखिएको छ ।
अब यी दुवै फोनमा रहका विशेषताहरुबारे बुँदागतरुपमा चर्चा गरौंः
स्क्रिन र अन्य फिचर
– ग्यालेक्सी एस ८ को स्क्रिन साइज ५.८ इन्च अर्थात १४.७ सेन्टिमिटर र एस ८ प्लसको स्क्रिन साइज ६.२ इन्च अर्थात १५.७ सेन्टिमिटर रहेको छ ।
– सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ । यसैगरी होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ ।
– सामसुङको भनाईअनुसार यी फोनका डिस्प्लेको १८ः५ः९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन सकिन्छ । जस्तै एउटा भिडियो हेर्न सकिन्छ र च्याटिङको कुनै एपलाई पनि सँगसँगै चलाउन सकिन्छ ।
[sam_list] – यी दुवै फोनका स्क्रिनको रिजलुसन पनि पहिलेजस्तै नै छ । तर, बढि ब्राइट छ । यसले हाइ डाइनामिक रेन्ड (एचडीआर) लाई सपोर्ट गर्छ । यसमा भिडियोको गुणस्तर अझै बढ्नेछ ।
– ग्यालेक्सी एस ८ को बडी एस ७ को तुलनामा अलिकति सानो छ । तर, एस ८ प्लसको बडी एस ७ एज को तुलनामा अलिकति ठूलो छ । यी दुवै फोनलाई एकै हातले चलाउन सकिने सामसुङको भनाइ छ ।
– सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ । यसमा त्यही प्रविधिको प्रयोग ग रिएको छ जुन एप्पलको भर्चुअल असिस्टेन्ट सिरिमा प्रयोग हुन्छ ।
– यो भर्चुअल असिस्टेन्टलाई साइडमा दिइएको बटनबाट चलाउनुपर्छ । यसमार्फत फोटो ग्यालरी, म्यासेज र मौसमजस्ता १० एपलाई आवाजमार्फत चलाउन सकिन्छ ।
– यस सफ्टवेयरको प्रयोग फोनको क्यामराले देखेका वस्तुहरुको पहिचानमा पनि गर्न सकिन्छ । लन्चको समयमा यस सफ्टवेयरले कोरियाली र अमेरिकी आवाजलाई मात्रै पहिचान गर्यो ।
क्यामरा
– अघिल्लो वर्ष लन्च गरिएको फोनको तुलनामा यी फोनहरुमा गरिएका सुधारहरुमा क्यामरा पनि एक हो ।
– फ्रन्ट क्यामरा ८ मेगापिक्सल (एमपी) को छ र यसको अटोफोकसलाई तीव्र बनाइएको छ ।
– पछाडिको क्यामरा १२ मेगापिक्सलको छ र कम्पनीको दावी अनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट अझै राम्रो हुनेछ ।
– यी दुवै फोनको सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) १२ प्रतिशत र ग्राफिपिक प्रोसेसिङ यूनिट (जीपीयू) २१ प्रतिशत बढि शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।
– सामसुङ कनेक्ट एपमार्फत स्मार्ट घरेलु उपकरणलाई चलाउन सकिन्छ ।
प्रतिक्रिया 4