+
+

घरायसी विवाद हुँदा श्रीमतीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते ११:३०

घरायसी विवाद हुँदा सुर्खेतमा एक जनाले लाठी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

वीरेन्द्रनगर-२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३५ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

राउराको विषयमा विवाद भएपछि बेलुकी पाँच बजेतिर श्रीमान श्रीमतिवीच विवाद भएको थियो ।

‘यो उनीहरुको घरायसी विवाद हो, दुवै रक्सीले मात्तेका थिए,’  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाले भने-‘विवाद बढ्दै जाँदा श्रीमानले लाठ्ठीले पद्माको टाउकोमा हानेको अनुसन्धानबाट बुझिएको छ ।’

बेहोस् भएर ढलेकी पदमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रहरीले श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरेको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?