+
+

सांग्रिला डेभलपमेन्टको अध्यक्षले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते १६:५३

१९ असार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष प्राडा रवीन्द्र प्रसाद श्रेष्ठले असार १९ गते नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको उपस्थितीमा डेपुुटी गभर्नर चिन्तामणी सिवाकाटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसँगै तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था छ । यही व्यवस्था अनुसार श्रेष्ठले शपथ लिएका हुन् ।

बैंकको जेठ २९ गते बसेको १८२ औ बैठकले बैंकको संचालक समिति सदस्यहरुमध्येबाट प्राडा. रवीन्द्र प्रसाद श्रेष्ठलाई सर्वसम्मतीबाट सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?