+
+

माछा मार्न गएका २ जनालाई पोखराको हर्पन खोलाले बगायो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २६ गते १५:३३

२६ असार, पोखरा । पोखराको हर्पन खोलाले बगाएर २ जना बेपत्ता भएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ स्थित हर्पन खोलामा माछा मार्न गएका २ जना बेपत्ता भएका हुन् ।

सोमबार दिउँसो माछा मार्ने क्रममा खोलाको भुमरीमा परी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरका २४ वषिर्य ईन्द्र पुन र ललित पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

माछा मार्न गएका ७ जना मध्ये २ जनालाई बगाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

माछा मार्न मध्याहृन १२ बजेतिर हर्पन खोला गएका उनीहरु अपराहृन करीब ४ बजेतिर बेपत्ता भएको उनीहरुसँगै माछा मार्न गएकाहरुले बताएका छन् । सामान्य पौडिन जान्ने उनीहरु माछा मार्ने क्रममा भुमरीमा परेर नदीले बगाएपछि बेपत्ता भएको सँगै माछा मार्न गएकाहरुको भनाइ छ ।

बेपत्ता २ जना बाहेक अन्य भने सकुशल छन् । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरीको टोलीले खोजी शुरु गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खत्रीले बताए । गोताखोरको प्रयोग गरेर खोजी गरेपनि अहिलेसम्म बेपत्ताहरुको स्थिति जानकारीमा नआएको उनले बताए ।

अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेका कारण बेपत्ताको खोजीमा समस्या भएको उनले बताए । हर्पन खोला पानी परेको बेला बढेर आउने गर्दछ । उक्त खोला फेवातालमा आएर मिसिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?