+
+

केएल टावरमा दशैं तिहार उपहार योजना

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २ गते ९:००

२ असोज, काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथा तिहारलाई लक्षितगर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ-तिहार उपहार योजना नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् ।

यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिंग मेशिन, रेफ्रिजिरेटर देखि बम्पर उपहारमा मोटरसाइकल तथा स्कुटर पाउने छन् ।

दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै टावरको व्यवशाय प्रवर्द्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपनमार्फत उपहार प्राप्त गर्नेछन् ।

जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, टीसीएलको विद्युतीय जग बितरण गरिने टावरले जनाएको छ ।

साप्ताहिक रूपमाटावरले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन लगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा गि्रनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँ बराबरको गिफ्ट भौचर पनि ग्राहले पाउने छन् ।

उपहार योजनाको बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कुटर तथाचार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् ।

५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमाहल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका दैनिक प्रयोगमा आउने सामान टावरमा खरिद गर्न सकिने बताइएको छ । उपहार योजना अवधिमा एकहजार रुपैयाँ बराबरको सामानको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गर्नेछन् ।

सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १ गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?