Comments Add Comment

कस्तो खानपानले मिर्गौला स्वस्थ हुन्छ ?

मिर्गौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्ने हो । अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्नु हो । रक्तचाप नियन्त्रित राख्न वा शरीरमा रहेको रसायनको स्तर सही बनाएर राख्नु हो । अतः यति महत्वपूर्ण भूमिका भएको मिर्गौलालाई स्वस्थ राख्नुपर्छ । यसका लागि खानपानको खास महत्व छ ।

प्रोटिनयुक्त खानेकुरा

प्रोटिनका लागि कुखुराको मासु, माछा, अन्डा आदि सेवन गर्न सकिन्छ । यदि माछामासु नखाने हो सिमि, अन्न, दुधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा सेवन गरौं ।

नुन एवं सोडियम कम गरौं

उच्च रक्तचाप नियन्त्रण गर्न एक व्यक्तिलाई दिनमा २ हजार ३ सय मिलिग्राम्स सोडियमको आवश्यक्ता हुन्छ । शरीरमा नुन र सोडियमको मात्रा सन्तुलन गर्नका लागि फास्टफुड एवं प्रशोधित खाना खान हुँदैन । आफ्नो भोजनमा कम सोडियमयुक्त पदार्थ जस्तो कि, नरिवल पानी, करेला, कुखुराको मासु  माछा, सिमी आदि सामेल गरौं ।

तरल पदार्थको सेवन

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नका लागि मिर्गौलालाई तरल पदार्थको आवश्यक्ता हुन्छ । यसका लागि दिनभरमा कम्तिमा डेढदेखि दुई लिटर पानी पिउनुपर्छ । शारीरिक रुपले बढी सक्रिय व्यक्तिले यो भन्दा बढी पानी पिउनुपर्छ । साथै अन्य तरल पदार्थ जस्तो कि, जुसको सेवन गरौ ।

यस कुराको पनि ख्याल गरौं

– धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मिर्गौलामा पर्छ । सकेसम्म पेनकिलर प्रयोग नगरौ ।

-यदि मिर्गौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केहि दिन दोहो¥याएपछि मिर्गौलाको समस्यामा राहत मिल्छ ।

-रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मिर्गौलाका आन्तरिक नली पनि नष्ट हुन्छ । यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मिर्गौलाको  लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।

– निस्क्रिय जीवनले पनि मिर्गौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने अभ्यास गरौं । नियमित व्यायाम, योगा, ध्यान गरौं ।

– मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

– मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment