+
+

दोहोरो अंक बढ्यो सेयर बजार, फाइनान्स र विकास बैंकमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १५:१४

१६ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १४.३३ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १९८० अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

१८० कम्पनीको मूल्य बढ्दा ५५ को घट्यो भने ९ को स्थिर रह्यो । ब्यापार बाहेकका सबै समूहका सूचक बढेका छन् । सो सूचक ९.५२ अंक (०.३४ प्रतिशत) घट्यो । फाइनान्स र विकास बैंक समूहमा आकर्षण देखिएको छ । फाइनान्स समूह ३.९८ प्रतिशत बढ्यो भने विकास बैंक समूह २.२३ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, जीवन बीमा ७२, उत्पादन ५, माइक्रोफाइनानस ५४, निर्जीवन बीमा १०८ र अन्य समूह १० अंक बढे ।

धेरै मूल्य बढेका कम्पनीहरुमा पनि फाइनान्स अगाडि रहे । पोखरा फाइनान्सको ९.८, प्रोग्रेसिभको ७.६, श्रीइन्भेस्टमेन्टको ६.८, बेस्ट फाइनान्सको ६.७, किसान लघुवित्तको ५.९, नेपाल फाइनान्सको ५.७, त्रिशुली विद्युतको ५.७, सप्तकोशी विकास बैंकको ५.२, मेरो माइक्रोफाइनान्सको ५.१ र मल्टिपर्पस फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै रिभर फल्स पावरको ४.६, छ्याङ्दी हाइड्रोपावरको ३.६, चिरख्वा हाइड्रोपावरको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पोखरा फाइनान्स, मल्टिपर्पस फाइनान्स, पिपुल्स पावर, गोर्खाज फाइनान्स र नेपाल फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?