+
+
फिचर :

दक्षिणी चिनियाँ सागरमा चीन र फिलिपिन्सका जहाजबीच मुसा-बिरालोको खेल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १७:४९

ठूला चिनियाँ समुद्री जहाजहरु न्जिकै आइरहेका थिए । जहाजमा सबार चालक दलका सदस्यहरुको अनुसार प्रष्ट देखिइरहेको थियो । उनीहरुमध्ये दुईजनाले हाम्रो भिडियो बनाइरहेका थिए। हामीले पनि उनीहरुको भिडियो खिचिरहेका थियौँ ।

बीबीसीको टोली गत मंगलबार फिलिपिन्सको तटीय सुरक्षा गार्डको जहाज बिआरपी बागाकेमा सवार थियो । त्यहीँबेला एउटा चिनिया जहाज हाम्रो आमनेसामने भयो ।

फिलिपिन्सको जहाजका चालक दलका सदस्यहरुले दुबै जहाज आपसमा ठोक्किने सम्भावना देखेपछि एउटा पहेँलो रङको छेकबारलाई पानीमा झारिदिएका थिए । तर, चिनियाँ जहाज फर्किएर तटीय सुरक्षा गार्डको जहाजको अगाडि आयो । सोही कारण फिलिपिन्सको जहाजको गति घटाउनु पर्यो । दुई जहाज एकअर्काको केवल ५ मिटर दूरीमा थिए ।

फिलिपिन्सको जहाजमा सवार बीबीसीको टोली स्कारबोरोतर्फ गईरहेको थियो, जुन एक मुगाका द्विप हो । यो ठाउँ फिलिपिन्सको तटदेखि २ सय २० किलोमिटर टाढा अवस्थित छ । उक्त टापु आफ्नो भएको दाबी चीनको छ ।

चिनियाँ जहाज हाम्रो जहाजलाई रोक्नका लागि दृढ संकल्पित थियो । त्यहाँ एउटामात्रै चिनिया जहाज थिएन, एकैक्षणमा चिनियाँ जहाजको संख्या १० पुगेको थियो । त्यहाँ चिनियाँ तटीय सुरक्षा गार्डदेखि नौसेनासम्मका जहाज थिए ।

जापानमा निर्मित फिलिपिनो जहाजका क्याप्टेनले चिनियाँ जहाजलाई पछि छाडे र तीव्र गतिमा स्कारबोरो टापुतर्फ अघि बढे । उक्त जहाज टापुभन्दा ६ सय मिटरको दूरीमा पुगेको थियो ।

दक्षिण चिनियाँ सागरमा मुसाबिरालोको खेल

फिलिपिन्सका जहाजका क्याप्टेनले चिनियाँ जहाजलाई जित्नका लागि आफ्नो जहाजको गतिको सहारा लिए । एकपटक फिलिपिन्सको जहाज र चिनियाँ जहाजहरुको बीच केवल ६सय मिटरको दूरी थियो । चिनियाँ जहाज त्यसअघि त्यति नजिक कहिल्यै पनि नआएको क्याप्टेनले बताए ।

तर त्यसभन्दा अगाडि चीनले पानीमुनि ब्यारियर गार्ड राखेको थियो र चिनियाँ जहाज हाम्रो जहाजभन्दा ठ्याक्कै पछाडि थिए । फिलिपिन्स कोस्टको जहाजको दायाँबायाँ एक ( एक वटा चिनियाँ जहाज थिए । त्यसपछि चिनियाँ जहाजले पाइपको माध्यमबाट पानीको फोहोरा हान्न सुरु गर्यो ।

हामी तुरुन्तै भित्र भाग्यौँ । भित्रपनि हामीले पानीको तिव्र आवाज सुनिरहेका थियौँ । पानीको वेगले जहाजको रेलिंगलाई नै भाँच्चिदिएको थियो । हाम्रो बेडामा फिलिपिन्सको एक अर्को जहाज पनि थियो जसले माछा मार्ने मानिसहरुका लागि सामान लिएर जान थालेको थियो । उक्त जहाजमा ठूलो क्षति पुग्यो ।

दक्षिण चिनियाँ सागरमा मुसा बिरालोको यो खेल कुनै नयाँ विषय होइन । तथापि फिलिपिन्समा बोंगबोंग मार्कोसको विवादित सामुद्रिक इलाकामा चीनलाई चुनौती दिने आदेशपछि यस्ता मुठभेडहरु छिटोछिटो हुन थालेका छन् ।

फिलिपिन्स कोस्ट गार्डका प्रवक्ता जय टेरियला भन्छन्, ‘चीन सरकारले सधै भन्दै आएको छ कि पश्चिम फिलिपिन्स समुद्रमा एउटा लक्ष्मणरेखा छ ।’ फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिन्स सागर भन्दछ ।

टेरियला भन्छन्, ‘हामीले उक्त टापुभन्दा १२ नटिकल माइलको सीमा पार गर्न नपाउने चीनले भन्दै आएको छ । तर चीनले अन्तराष्ट्रिय कानूनको सम्मान गर्दैन भन्ने कुरा पुष्टि गर्नका लागि हामीले उक्त लक्ष्मणरेखा नाघिसकेका छौँ।’

बीबीसीको टिम जुन जहाजमा थियो त्यसको आधिकारिक उद्धेश्य माछा मार्नेहरुलाई इन्धन तथा भोजन पूराउनु थियो । ती माझीहरु दशकौँदेखि स्कारबोरोमा माछा मार्ने काम गर्दै आएका छन् । तर सन् २०१२ देखि भने उनीहरुले चिनियाँ तटीय रक्षक गार्डद्धारा दुख दिने गरिएको गुनासो गर्दै आएका छन् ।

सो मिसनको उद्धेश्य यो पनि थियो कि फिलिपिन्सले मुगाबाट बनेको उक्त टापुमाथि आफ्नो दाबी कायमै राखोस् । उक्त इलाका फिलिपिन्सको Exclusive Economic Zone अन्तरर्गत पर्दछ र चीनभन्दा फिलिपिन्सको नजिक पर्दछ ।

सन् २०१६ मा एक अन्तराष्ट्रिय अदालतले दक्षिण चीन सागरको त्यस इलाकामा चीनको दाबी अवैध रहेको फैसला गरेको थियो । तर, उक्त आदेश स्वीकार नगर्ने चीनले प्रष्ट पारिसकेको छ ।

हामीले दियो, उनीहरु तुफान

स्कारबोरो टापुको चारैतर्फ रहेका चिनिया जहाजहरुको संख्या निकै डरलाग्दो थियो । ती जहाज हरेक दिशामा देखिन्थे । फिलिपिन्सले लिएर आएका जहाजभन्दा चीनसँग भएका जहाजको संख्या निकै धेरै थियो । केमोडोर टेरियला भन्छन्, ‘हामी दियो हौँ र उनीहरु आँधीबेहेरी ।’

फिलिपिन्सका राष्ट्रपति मार्कोसको नयाँ नीतिले के ल्याउँछ भन्ने कुरा बताउन गाह्रो छ, तथापि उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको पूर्ण सहयोग प्राप्त भइरहेको छ ।

चिनियाँ जहाजहरु आफ्नो कार्यसञ्चालनमा निकै दक्ष देखिन्थे । उनीहरुले फिलिपिनो जहाजलाई स्कारबोरोमा आउनबाट अनिश्चितकाल सम्म सजिलै रोक्न सक्छन् भन्ने लाग्थ्यो ।

फिलिपिन्सको जहाजसँग मुठभेडपछि चीनले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘फिलिपिन्सका जहाजलाई आफ्नो इलाकामा प्रवेश गर्नबाट सफलतापूर्वक रोकिएको छ ।’

चीनको लक्ष्मण रेखा

हामी चढेको बिआरपी जहाज पानीको फोहोराको कारण स्कारबोरोबाट पछि हटिसकेको थियो । उता, हामीसँगै करीब २० किलोमिटरको दूरीमा रहेको अर्को फिलिपिनो जहाज, जसले माछा मार्नेहरुका लागि सामान र विद्युतीय उपकरणहरु लिएर जाँदै थियो, त्यसमाथि चिनियाँ जहाजले पानीको फोहोर अझैसम्म पनि बर्साइरहको थियो। त्यसैले हामी उसको सहयोगबाट पछि घुम्यौँ।

तथापि फिलिपिन्सका दुबै जहाज चीनको लक्ष्मणरेखाबाट टाढा त थिए, तर त्यतिधेरै टाढा पनि होइन । बिहानै माछा मार्नेहरुका दर्जनौँ डुंगाहरु हम्रो जहाजको वरिपरि जम्मा भएका थिए । उनीहरुकै लागि सबै सामान ल्याइएको थियो ।

नजिकैबाट चिनियाँ तटीय सुरक्षा गार्डले उक्त पूरै घटनालाई सुक्ष्म रुपमा निगरानी गरिरहेको थियो । तर, फिलिपिन्सको तटीय सुरक्षा गार्डले भने चीनको धम्कीका बाबजुत आफ्नो मिसन सफल भएको बताएको थियो । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?