+
+

राजपुर र इस्मा गाउँपालिकाका अग्नि पीडितलाई काठमाडौं महानगरको १०/१० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते १९:५२

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित दुई जिल्लाका दुई गाउँपालिकालाई राहत स्वरूप १०/१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका अनुसार दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई सो रकम अनुदान सहायता स्वरूप सहयोग गर्ने भएको हो ।

आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको महानगर विपद् व्यवस्थापन समितिले जनाएको छ ।  यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने निर्णय भएको महानगरले जनाएको छ ।

दाङको राजपुर गाउँपालिका-७ स्थित हाटबास क्षेत्रमा १६ वैशाखमा आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएको थियो ।

यस्तै ८ र ९ वैशाखमा गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको थियो ।

काठमाडौं महानगरले यसअघि महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?