+
+
Shares

बढेको भन्सारमा सुनको कारोबार शुरु

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १८ गते १५:५९

१८ असोज, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आजदेखि बढेको भन्सारमा सुनको कारोबार गरेका छन् । सरकारले भदौ २१ गते सुनको भन्सार मूल्य प्रति तोला १ हजार ८ सय ६६ रुपैयाँ बढाएपनि त्यसअघि नै आयात भएको सुन हालसम्म मौज्दात रहेको थियो ।

goldसुनचाँदी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकसँग छलफल गरि नयाँ मूल्य तय गरेको हो । बैंकहरुसँग भन्सार महशुल वृद्धिअघिको सुन पनि केही बाँकी रहेकै अवस्थामा सबै सुन बढेको मूल्यअनुसार बिक्री गर्न सहमती भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ५ डलर घटेको भएपनि नेपालमा भने नयाँ मूल्य कायम गर्दा बढेको छ । महासंघले शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ५४ हजार ७ सय ५० रुपैयाँ तोकेको छ । बिहीबार छापावाला सुन तोलाको ५४ हजार १ सय ३ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी तोलाको ९ सय ९ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा चाँदीको भाउ तोलामा ६ रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?