११ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाओवादीका नेता डा. बाबुराम भट्टराईले आफूलाई मन पर्ने प्रशासक रामेश्वर खनाल नेपाली कांग्रेस प्रवेश गरेकोमा दुःख लागेको बताउनु भएको छ ।
भट्टराईले ट्वीटरमार्फत कांग्रेस दृष्टिकोणविहीन र पुरानो पार्टी भन्दै खनाल त्यस्तो पार्टीमा गएको दुःख मनाउ गर्नु भएको हो । उहाँले व्यक्तिगत रुपमा खनालको राम्रो होस भनेर समेत कामना गर्नु भएको छ ।
आफू अर्थमन्त्री हुँदा अर्थसचिव रहेका खनाललाई भट्टराईले प्रधानमन्त्री भएपछि आर्थिक सल्लाहकार बनाउनु भएको थियो । खनाल सोमबार कांग्रेस प्रवेश गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4