+
+

नायिकाको साथमा गृहजिल्लामा भेटिए नायक

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते ११:४५

चलचित्रको प्रदर्शन मिति नजिकिदै जाँदा ‘प्राण भन्दा प्यारो’का नायक तथा नायिकाको निकटता पनि बढेको छ । चलचित्रको प्रमोशनका क्रममा नव नायक बासु पुडासैनी र नव नायिका अनामिका चौलागाइको दौडधुप बढेको हो ।basu-and-anamika-pressmeet

यसैक्रममा चलचित्रका नव नायक पुडासैनीले आफ्नो गृहजिल्ला गोरखामा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । कमलकृष्णको निर्देशन तथा परिकल्पनामा तयार भएको चलचित्रबाटै बासु र अनामिका सिने नगरीमा प्रवेश गर्ने तरखरमा छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले सिनेमा र आफ्नो भूमिकाको बारेमा जानकारी गराएका थिए । पञ्च प्रमेश्वर फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रले नारी माथी भइरहेको अपराधको कथालाई उठान गरेको छ । यो चलचित्र असोज ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?