+
+

नेपाली गायनका स्टारहरुको ‘स्टार्स’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २० गते १६:०२

गायन विधालाई लिएर बिभिन्न समयमा आयोजना भएका रियालिटी शोका विजेताहरुको स्वरमा समावेश ‘स्टासर्’ एल्बमको बिमोचन गरिएको छ । कृपा दृष्य डीजिटलले बजारमा ल्याएको यो एल्बममा पहिलो नेपाली ताराका विजेता दिपक लिम्बुको आवाज समावेश छ । stars-albumयस्तै एल्बममा दोश्रो नेपाली तारा सन्तोष लामा, नेपाल स्टारकी विजेता बिष्णु चेम्जोङ, दोश्रो खोजी प्रतिभाका विजेता विक्रम लिम्बु, पहिलो खोजी प्रतिभाकी विजेता दुर्गा परियार, बागिनाकी विजेता अन्जली राइको आवाज समावेश गरिएको छ ।

एल्बममा मेरो प्यारो हजुर, मृत्यु पछिको तिम्रो संझना, लाली जोवन लजायो यसरी, जीवनको यो, मनमा राख आखामा राख, प्रेमको लगायतका गीतहरु समावेश गरिएको छ । एल्बममा चन्द्र रसाइलीले शब्द कोरेका छन् ।

एल्बममा समावेश गीतमा सुरेश अधिकारी, महेश खड्का, शिव लामिछाने, बिनोद खम्बु, लक्ष्मण शेषले संगीत भरेका छन् । एल्बमको बिमोचन संगीतकार सुरेश अधिकारी, गायिका देविका बन्दना, संगीतकार महेश खड्का, ताराप्रकाश लिम्बु लगायतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?