Comments Add Comment

‘बन्दसूची’ले बिगार्‍यो एमाओवादीको माहौल

८ कात्तिक, काठमाडौं । ‘समानुपातिकको सूची सार्वजनिक नहुन्जेल त पार्टीभित्र ठिकै थियो तर बन्दसूची आएपछि हाम्रो पार्टीमा भाँडभैलो शुरु भएको छ ।’ एकजना एमाओवादीका केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने- ‘जनतामा त हाम्रो माहौल ठीकै छ, तर पार्टीभित्रै एकता भएन, कोही टिकट नपाएर रिसाए, कोही पार्टी कमिटीमा भनेजस्तो ठाउँ भएन भनेर रिसाए ।’maoist-party-office

प्रत्यक्षतर्फका उम्मेद्वार समेत रहेका ती नेताका अनुसार हरेक कुरामा पद माग्ने र सो नपाए घुर्की लगाउने संस्कार कार्यकर्ताहरुमा बढ्दै जान थालेको । समानुपातिकका लागि धेरैजनाको नाम केन्द्रमा संकलन गरिएपछि त्यसमा नपर्नेहरु रुष्ट बनेको र यसबाट आगामी चुनावमा मनोवैज्ञानिक असर पर्न सक्ने ती नेताले चिन्ता व्यक्त गरे । समानुपातिकमा टिकट नपाएर रिसाउनेहरु एमाओवादीमा मात्रै नभभएर कांग्रेस, एमाले लगायतका अन्य दलमा पनि प्रशस्तै छन् । जुन निर्वाचन क्षेत्रबाट समानुपातिकमा कार्यकर्ताको नाम राखिएको छैन, त्यहाँका कार्यकर्तामा चुनावी उत्साह कम हुने र टिकट नपाउने कार्यकर्ताले भोट माग्न हिँड्नसमेत अल्छी गर्ने गरेका छन् । यसबारे उमाओवादी नेता भन्छन्- ‘कार्यकर्ताको संस्कृति विगि्रएछ, केही पाए काम गर्ने नपाए नगर्ने ।’

त्यसो त देश दौडाहामा निस्कनुभएका एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक एकतामा निकै जोड दिनुभएको छ । जसरी पनि चुनाव जित्नुपर्छ भन्दै यतिबेला आएर पार्टीभित्र असन्तुष्टि राख्न र चित्त बुझेन भन्दै बस्न नहुने प्रचण्डले कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ । उहाँले कसलाई उम्मेद्वार बनाइयो र कसलाई बनाइएन भनेर यो बेलामा गुनासा नगरी युद्धकालमा जस्तै कमान्डरको निर्देशनका आधारमा अगाडि बढेजस्तै बढ्न र जसरी पनि जीत हासिल गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
एमातिर प्रचण्डले यसरी निर्देशन दिइरहनुभएको छ भने अर्कातिर कार्यकर्ताहरु टिकट नपाएको झोंकमा रुष्ट देखिने र निराश हुने क्रम पनि रोकिएको छैन । विशेषगरी समानुपातिक उम्मेद्वारको बन्दसूची सार्वजनिक हुने अघिल्लो साँझ विवादास्पद छविका ल्हारक्याल लामालाई पार्टी प्रवेश गराएको केही घण्टामै समानुपातिक तर्फको उम्मेद्वार बनाइएकोमा कार्यकर्ताहरु रुष्ट बनेको स्रोत बताउँछ ।

समानुपातिक प्रणाली र भ्रम

राजनीतिक दलभित्र समानुपातिकको ३ सय ३५ सदस्यीय सूचीमा पर्नु नै सभासद बनिहाल्नु होइन । समानुपातिकको सूचीमा नाम समावेश हुँदैमा रहमाइरहेका मध्ये धेरैले चुनावपछि सभासद बन्न पाउँदैनन् । यतवर्ष ३ सय ३५ मध्ये एमाओवादीबाट १ सय जनामात्रै समानुपातिक सभासद बनेका थिए भने २ सय ३२ जना बाहिरिएका थिए । कांग्रेस र एमालेबाट झण्डै २ सय ४० का संख्यामा समानुपातिकबाट बाहिरिएका थिए ।

पैसाको चलखेल गर्ने साधन

पिछडिएको समुदायको समेत समानुपातिक प्रतिनिधित्व होस् भनेर अपनाइएको समानुपातिक निर्वाचन प्रणाली नेपालमा विकृत बन्दे जान थालेको छ । समानुपातिक सभासद बन्न पैसाको समेत ठूलो चलखेल हुन थालेको छ । पैसा दिने मान्छेलाई समानुपातिकको बन्द सूचीमा राखेर चन्दा झार्ने मनोवैज्ञानिक हतियारको रुपमा नेताहरुले समानुपातिक प्रणालीलाई लिन थालेका छन् ।

कमल थापा, सूर्यबहादुर थापा, चित्रबहादुर केसीलगायतका नेताहरु समानुपातिकमा बसेर प्रत्यक्ष चुनाव नलड्ने संस्कार विकसित भएको छ । प्रत्यक्षतर्फ एक सीट जित्न नसक्ने माले नेता सीपी मैनालीका लागि श्रीभात् श्रीमती नै दोहोर्‍याएर सभासद बन्ने र भत्ता खाने भर्‍याङ बन्न पुगेको छ समानुपातिक निर्वाचन प्रणाली । लोकतन्त्रमा विकृतिको थलो बनेको यस्तो चुनावी प्रणाली भविश्यमा मुलुकमा जरुरी छ कि छैन भन्ने बारेमा गम्भीर बहस गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment