+
+

भोट माग्दै प्रचण्डले भने-पहिलो कार्यकारी राष्ट्रपति हुन्छु

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक ८ गते १९:०६

८ कात्तिक, सिरहा । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाबाट चुनाव जितेर पहिलो कार्यकारी राष्ट्रपति बन्ने दावी गर्नु भएको छ । काठमाडौं १० सँगै सिरहा ५ बाट उम्मेदवारी दिएका प्रचण्डले मुक्सारमा भएको चुनावीसभालाई सम्बोधन गर्दै भन्नुभयो-‘सिरहाबाट मलाई जिताउनुस्, तपाईंले जिताएको सिरहाको मान्छे पहिलो कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन्नेछ, त्यसपछि सिरहालगायत समग्र मधेसको विकास हुनेछ ।’ एमाओवादीले चुनावी घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेको छ ।

Prachandaराष्ट्रपति नभए प्रधानमन्त्री हुने भन्दै उहाँले पहिलो काम मधेसी र सिरहाको पहिचान र दोस्रो मधेस र सिरहाको विकास गर्ने दावी गर्नुभयो । प्रचण्ड तीन दिन सिरहामा बस्ने र १६ गाविसमा चुनावीसभा गर्ने कार्यक्रम रहेको एमाओवादी नेता दिलीप साहले जानकारी दिनुभयो ।

पूर्वका सुनसरी, धनकुटा र तेह्रथुमको चुनावी कार्यक्रममा सहभागी भएर सिरहा पुगेका प्रचण्डले शुक्रबार सिरहा १ नं. क्षेत्रको लहान, ४ नं. क्षेत्रको मुसहर्निया र आफूले उम्मेद्वारी दिएको सिरहा ५ नं. क्षेत्रस्थित लालपुर, मुक्सार, वेतौनालगायत क्षेत्रको घरदैलो अभियानका सहभागी बन्नुभएको थियो । चुनाव जितेर जिल्ला नफर्किने हो कि भनेर शंका उपशंका नगर्न सिरहावासीलाई आग्रह गर्दै प्रचण्डले खानेपानी, आर्थिक विकास र संघीय संविधान नबनुन्जेलसम्म सिरहा नछोड्ने बताउभयो ।

बम र बन्दबाट अवरोधको प्रयास

प्रचण्ड चुनावी प्रचारप्रसारका लागि सिरहा आउने भएपछि नेकपा-माओवादीले सिरहा बन्दको घोषणा गरेपनि बन्दको कुनै प्रभाव परेन । प्रचण्डको कार्यक्रम बिथोल्न गएराति नै सिरहाको मुक्सार र जमदह गाविसमा अज्ञात समूहले सकेट बम राखेको थियो । शुक्रबार बिहान नेपाली सेनाको प्राविधिक टोलीले बम निस्कृय पारेको थियो । बम निस्त्रिmय पाररेपछि सिरहा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको कार्यक्रममा सुरक्षा अवस्था कडा पारिएको छ ।

सिराहा निर्वाचन क्षेत्र नं ५ मा शनिवार बिहान प्रचण्डले घरदैलो कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । कार्तिक ६ गते बेलुका पूर्वी नेपाल र तराईका जिल्लामा चुनाबी अभियानमा जानु भएका प्रचण्ड आइतबार बिहान आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो सकेपछि दिउँसो उदयपुरमा चुनावी सभालाई सम्वोधन गर्न जाने कार्यक्रम रहेको छ । उहाँ आइतबार बेलुका काठमाडौ र्फकने कार्यक्रम छ ।

झलनाथ तिहारमा राजधानी फर्कने

यसैवीच एमाले अध्यक्ष झलनाथ खनाल इलाममा आफ्नो चुनावी अभियानमा सक्रिय हुनुभएको छ । उहाँ तिहारको भाइटीकाको अघिल्लो दिनमात्रै राजधानी र्फकने कार्यक्रम रहेको एमाले स्रोतले अनलाइनखबरलाई बतायो । टीका लगाएपछि खनाल तुरुन्तै सर्लाही १ मा आफ्नो चुनावी क्षेत्रको घलदैलोमा जानु हुने भएको छ । खनालले सर्लाहीको बसाइमा बारा पर्सा लगायत पश्चिमी तराईका जिल्लामा समेत चुनावी कार्यक्रममा उपस्थिति जनाउनु हुने एमालेले जनाएको छ ।

एमालेका वरिष्ठ नेता माधव नेपाल पनि रौटतहट १ मा आफ्नो चुनावी प्रचारमा हुनुहुन्छ । उहाँले मतदाता परिचय पत्रको व्यवस्था गर्न निर्वाचन आयोगसँग माग गर्नुभएको छ ।

कोइराला चितवनमा

कांग्रेस सभापति सुशील कोइराला चितवन पुग्नु भएको छ । चितवन ४ बाट उम्मेदवारी दिनु भएका कोइरालाले केही दिन घरदैलो अभियान चलाउनु हुने बताइएको छ ।

शुक्रबार भएको मतदातासँग उम्मेदवार कार्यक्रममा सभापति कोइरालाले कांग्रेसले बहुमत ल्याए अबको १० बर्षमा मुलुक विकसित राष्ट्र बन्ने समेत बताउनुभयो । कार्यक्रममा मतदाताहरुले सडक, स्वास्थ्य खानेपानी सुकुम्बासी समस्या लगाएतका जिज्ञासाहरु राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?