Comments Add Comment

सुशील कोइरालालाई सचेत पत्र, फोरम लोकतान्त्रिकसँग स्पष्टिकरण माग

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आचार संहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई सचेत गराएको छ भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग स्पष्टिकरण मागेको छ ।

नेपालगञ्ज रंगशाला लगायतका सार्वजनिक स्थलमा पर्चा पम्प्लेट टाँसेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कोइरालालाई लिखित पत्र पठाएको छ । पत्रमा पर्चा पम्प्लेट दुई दिन भित्र हटाउन भनिएको छ । कोइराला बाँके ३ बाट उम्मेदवार बन्नु भएको छ ।

यस्तै मोरङ ७ का उम्मेदवार विजयकुमार गच्छदारले आचार संहिता मिचेर र्‍याली निकालेको भन्दै निर्वाचन आयोग निर्वाचन अधिकृतले फोरम लोकतान्त्रिकसँग स्पष्टिकरण मागेको हो । काठमाठौंबाट बिहीबार विराटनगर विमानस्थलमा उत्रिएका गच्छदारलाई लिन सयौं मोटरसाइकल र गाडी षेग भएको थियो ।

यसैगरी एमाले उपाध्यक्ष समेत रहेका बर्दिया १ का उम्मेदवार वामदेव गौतललाई आचार संहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आर्यालयले बोलाएको छ । आचार संहिता विपरित ठूलो रंगिन पोष्टर प्रयोग गरेको भन्दै गौतमविरुद्ध एमाओवादीले उजुरुी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment