Comments Add Comment

बालकृष्ण ढुंगेलविरुद्ध एमालेको उजुरी

८ कात्तिक, काठमाडौं । नेकपा एमालेले एकीकृत नेकपा माओवादीका समानुपातिक उम्मेदवार बालकृष्ण ढुंगेलविरुद्ध उजुरी गरेको छ ।

balkrishnaसर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदसहितको सजाय सुनाएका ढुंगेल उम्मेदवारका लागि योग्य नभएको भन्दै एमाले समानुपातिक उम्मेदवार रामकुमारी झाँक्रीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनु भएको हो ।

समानुपातिक उम्मेदवारविरुद्ध परेको यो पहिलो उजुरी हो । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगको सर्वोच्चले ढुंगेललाई सर्वस्वसहित जन्मकैदसहितको सजाय सुनाएको थियो । बिहीबार समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको आयोगले उम्मेदवारहरुको योग्यताबारे उजुरी दिन १३ गतेसम्मको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment