Comments Add Comment

एनआरएन प्रवक्तामा मन केसी

८कात्तिक, काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को प्रवक्तामा अष्ट्रेलियाका मन केसी नियुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार काठमाण्डौमा बसेको पहिलो वैठकले एनआरएन अष्ट्रेलियाका पूर्व अध्यक्ष केसीलाई आईसीसी प्रवक्तामा नियुक्त गरेको हो ।

mana-kc-australiaनवनिर्वाचित अध्यक्ष शेष घलेले केसीलाई प्रवक्तामा नियुक्त गर्ने प्रस्ताव वैठकमा पेश गर्नुभएको थियो जसलाई आईसीसीले सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । प्रवक्तालाई आईसीसीका निर्णय प्रेससमक्ष पुर्‍याउने र प्रेससँग समन्वय गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

यसअघि जीवा लामिछानेको अध्यक्षमा रहेको कार्यसमिति प्रवक्तामा बेलायतका डा. हेमराज शर्माले प्रवक्ताको रुपमा काम गर्नुभएको थियो । त्यसअघि देवमान हिराचनको अध्यक्षताको कार्यकालमा डा. कुमार बस्नेत प्रवक्ता हुनुहुन्थ्यो भने डा. उपेन्द्र महतोको तीनवटै कार्यकालमा डा. जुगल भूर्तेलले प्रवक्ताको जिम्मेवारी पाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment