Comments Add Comment

उम्मेदवारको दैनिक खर्च १० हजारभन्दा बढी

९ कात्तिक, नेपालगञ्ज । उम्मेदवार र पार्टी कार्यकर्ताको घरदैलो बिहानैदेखि सुरु हुन्छ । पार्टी र चुनाव चिन्हका व्यानर तथा झन्डा फहराइएका गाडी ओहोर दोहोर गर्छन । सँगै मोटरसाइकलको लस्कर लाग्छ । मध्याह्नको खाना, दिउँसोको चिया-नास्तादेखि साँझको समिक्षा बैठक सक्दा एउटा उम्मेदवारको दैनिक कम्तीमा १० हजार रुपैयाँ खर्च हुन्छ ।

‘खट्ने कार्यकर्तालाई खाना खुवाउनै पर्‍यो । घरदैलोमै हिँडे पनि गाडी भाडामा लिनै पर्‍यो ।’ एमाओवादी बाँके ३ निर्वाचन परिचालन संयोजक डम्बर विकले भने ‘दैनिक १० हजार त खर्च छ ।’ प्रचारमा जुटेका कार्यकर्तालाई उम्मेदवारले खाना, मोवाईल चार्ज कार्ड र मोटरसाइकलमा पेट्रोल उपलब्ध गराउने गरेको कान्तिपुर दैनिकमा खबर छ ।

प्रायः सबै उम्मेदवारले प्रचारका लागि कम्तीमा दुईटा गाडी महिनाभरिका लागि इनधन र ड्राइभर भत्ताबाहेक दैनिक ३ हजार ५ सय भाडामा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment