+
+

आचारसंहिता उल्लंघन गरेपछि गच्छदारलाई २४ घन्टे अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक ९ गते ६:५७

INDIA-NEPAL-DIPLOMACY९ कात्तिक, काठमाण्डौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको कारबाहीका लागि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई स्पष्टीकरण सोधेको छ । आयोगले गच्छदारलाई ‘कारबाही किन नगर्ने ?’ भन्ने बेहोराको पत्रमा कारबाही नगर्नुपर्ने कारण भए २४ घन्टाभित्र पेस गर्न अल्टिमेटम दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कुनै पनि पक्षबाट हुने आचारसंहिता उल्लंघन सह्य नहुने बताए । ‘हामीले २४ घन्टाको समय दिएर उहाँलाई प्रष्टिकरण सोधेका छौं,’ उनले भने कान्तिपुर दैनिकमा खबर छ ।

आचारसंहिता अनुसार एक उम्मेदवारले आयोगबाट अनुमति दिएर दुईवटा हलुका सवारी साधन मात्र प्रयोग गर्न पाइन्छ , गच्छदारले बिहीबार विराटनगरमा तेलसमेत वितरण गरी सयौं सवारी साधन चुनावी कार्यक्रममा प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?