Comments Add Comment

राष्ट्रिय महिला फुटबलमा आज दुई खेल

सुबास लामिछाने

९ कात्तिक, नवलपरासी । १५ औं राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज नवलपरासीमा एक र मकवानपुरमा एक खेल हुदैछन् । नवलपरासीको सुनवलस्थित, कीर्तिपुर खेल मैदानमा आज हुने खेलमा ३ वजे रुपन्देही र पाचथरबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिनुभयो ।

यसअघि हिजो भएको खेलमा मोरङ र कैलाली विजयी भएका थिए । त्यस्तै, मकवानपुरको हेटौंडामा हुने आजको खेलमा ३ वजे चितवन र धनकुटाबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलमा रौतहट र धनुषा विजयी भएका थिए ।

प्रतियोगितामा देशभरका विभिन्न २५ जिल्ला र ३ विभागीय टोलीसहित २८ टिमको सहभागिता रहेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको प्रतियोगिता कात्तिक पन्ध्रगतेसम्म चल्ने छ । नवलपरासीमा उद्घाटन गरिएको प्रतियोगिताको समापन भने हेटौंडामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

सम्बन्धित खवर

Advertisment