+
+

रूपन्देहीका श्रेष्ठले हात पारे आईएमईको बम्पर ‘हुण्डाई कार’

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १४ गते १९:४८

१४ कात्तिक, काठमाडौं । रेमिट्यान्स कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) को चाडपर्व उपहार योजना ‘दशैंमा SLC’ को बम्पर उपहार ‘हुण्डाई इओएन कार’ रुपन्देहीका मुक्तिलाल श्रेष्ठले हात पार्नुभएको छ । बिहीबार राजधानीमा गरिएको डिजिटल लक्की ड्र बाट श्रेष्ठले कार हात पार्नु भएको हो । उहाँलाई मलेशियामा रहेका आफन्तले आईएमई मार्फत दशैं खर्चका लागि भनेर ऋण स्वरुप ६ हजार १ सय ६० रुपैयाँ पठाएका थिए ।

आईएमईका ब्राण्ड एम्ब्यास्डरद्धय दिपाश्री निरौला, दीपकराज गिरी, सञ्चारकर्मी लगायतको उपस्थितीमा आईएमई कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिडट प्रविधिमार्फत लक्कि ड्र गर्नुभएको थियो । भदौ १ गतेदेखि असोज ३१ गतेसम्म सञ्चालन भएको योजनामा आईएमई गर्ने सेवाग्राहीको सेवा लिदाको आईएमई कन्ट्रोल नम्बरलाई बम्पर लक्कि ड्र मा समावेश गरिएको थियो ।

IME-money-transfer-2

कार बिजेत श्रेष्ठले सामान्य किराना पसल चलाएर दैनिक गुजारा चलाउँदै आएनुभएको छ । आईएमईका कार्यकारी अध्यक्ष ढकालले कार्यक्रम स्थलबाटै श्रेष्ठलाई फोन गरेर कार जित्न सफल भएको जानकारी गराउनुभएको थियो ।

दशैमा एसएलसी योजनाको अवधीभरमा देशका विभिन्न भु-भागका ५८ जना भाग्यशाली सेवाग्राहीले दैनिक उपहार विधाअन्तर्गत सामसुङ स्मार्टफोन, ८ जना भाग्यशाली सेवाग्राहिले साप्ताहिक उपहार विधाअन्तर्गत सामसुङकै एलईडी टिभी पुरस्कार स्वरुप हात पारिसकेका छन् ।

कम्पनीले सेवा शुभारम्भको १३औं वर्षसम्ममा नेपाल अधिराज्यका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका २६ सय भन्दा बढी शाखा/सवएजेन्ट र बैङ्क तथा वित्तिय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुको रेमिट्यान्स सुरक्षित रुपमा आफन्तलाई उपलब्ध गराउँदै आएको छ ।

IME-money-transfer

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?