आफ्नो ५६ औं जन्मदिन मनाउने क्रममा चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले आफूलाई बिचमा मर्न मन लागेको रहस्य खोलेका छन् । पत्नी मिरा आचार्यको निधन भएपछि जीवनदेखि एकदमै विरक्त लागेर मर्न मन लागेको उनले खुलाएका हुन् ।तर अन्य हाँस्य कलाकारहरुको साथ र हौसलाले काम गर्ने जागर फेरी आएको उनले बताए । ‘अब अझै मलाई २६-२७ बर्ष बाँच्न मन लागेको छ, उनले भने ।’ ‘सबैको हौसला र मायाले मेरो कामको गती बढेको छ, सबैले मलाई हौसला दिनुभयो’ हरिवंशले भने । नयाँ जीन्दगी र नयाँ जीवनसाथीसँग लामो जिन्दगी बाँच्न मन लागेको हरिवंशको भनाई छ ।
जन्मदिनमा दोश्री श्रीमती रमिलासँग केक काट्दै गर्दा हरिवंशले मिरालाई संझिएका छन् । पहिलो पत्नी मिराको निधन भएपछि हरिवंश लामै समय भावूकतामा डुबेका थिए । आफू भाग्मानी भएकाले फेरी रमिलालाई पाएको उनले बताए । उनको साथ र सहयोगका कारणले नै आफू फेरी पनि पहिलेकै स्थानमा पुगेको उनको तर्क छ ।प्रत्येक जन्मदिनमा आफू झस्केको बताउँदै उनले आफूलाई औला चुस्न मन लागेको बताएका थिए । काठमाण्डौको बानेश्वरबाट प्रशारित हुँदै आएको हाँस्य रेडियो रेडियो अडियोले आयोजना गरेको बर्थ डे कार्यक्रममा उनले जीन्दगीका विभिन्न रहस्य खोलेका हुन् । उनलाई जन्मदिनको शुभकामना दिन हाँस्यकलाकारहरु शिवहरी पौडेल, दिपकराज गिरी, दिपाश्री निरौला, कलाकार कविता शर्मा लगायत पुगेका थिए । तर हरिवंशको हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ भने नेपाल नरहेकाले कार्यक्रममा उपस्थित हुन नपाएका हुन् ।
हरिवंशले सबै हाँस्य कलाकारहरुसँग मिलेर सिरियल निर्माण गर्न मन लागेको बताउन पछि परेनन् । जन्मदिनमा हरिवंशलाई कलाकार दिपाश्री निरौलाले गणेशको मुर्ती उपहार दिएकी थिइन् । वि.सं २०१४ साल कात्तिक २७ गते जन्मिएका हरिवंश नेपाली हाँस्य क्षेत्रमा सर्वाधिक चर्चित मानिन्छन् । उनले सामाजिक तथा राजनीतिक बिषयमा सिरियल मार्फत जनचेतना जगाउदै आएका छन् ।
प्रतिक्रिया 4