+
+

२ बर्षे चेनस्मोकर बालकको नयाँ–नयाँ लत

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर ११ गते १०:४०

इण्डोनेशियाको सुमात्रा टापुमा एक गरिब गाउँमा बस्ने आल्डी रिजाल २ वर्षको उमेरमा नै अत्याधिक धुम्रपानका कारण चर्चामा आएका थिए । उनी एक दिनमा ४० खिल्ली चुरोट पिउँथे ।

चेन स्मोकर २ वर्षीय बालकको समाचार सार्वजनिक भएपछि सनसनी मच्चिएको थियो । पुर्नस्थापना केन्द्रमा बसेका उनी अहिले चुरोटको लतबाट मुत्त भएका छन्, जुन खुसीको कुुरा हो । तर, अब उनी फेरि नयाँ लतको शिकार भएका छन्, जसका कारण उनका अविभावक फेरि चिन्तित छन् ।

Aldi Rizal 1

सरकारले चलाएको एक अभियानका क्रममा चेन स्मोकर अल्दीको चुरोट खाने बानी छुटेको छ । राजधानी जाकार्तामा ४० दिनसम्म उनलाई पुनःस्थापना केन्द्रमा उपचार गएिको थियो । उपचारका क्रममा चुरोट स्मरण नगराउन उनलाई धेरै भन्दा धेरै समय खेल्नमा व्यत रादिएको थियो । अहिले कसैले चुरोट दिए अल्दी अस्वीकार गर्छन् ।

Aldi Rizal

तर, उनको बढ्दो बजन समस्या बन्दै गएको छ । चुरोट छाडेपछि उनले धेरै खाना खान सुरु गरेको उनकी आमा डियानले बताएकी छिन् । उनी पटक–पटक खाना मागिरहन्छन् । ‘यदि मैले दिइनँ भने अरु कोहीसँग मागेर खान्छ, मानिसहरुलाई अस्वीकार गर्न पनि गाह्रो हुन्छ । मानिसहरु मलाई राम्रो अविभावक नभएको आरोप समेत लगाउँछन्’ उनले भनेकी छिन् ।

बाबु मोहम्मद रिजाल र आमा डियानाले अब उनलाई पोषण बिशेषज्ञकहाँ लगेका छन् । चिकित्सकहरुका अनुसार अल्दीको तौल १७ देखि १९ किलो हुनु पर्ने हो तर, २४ किलो भइसकेको छ ।

Aldi Rizal 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?